पकाहामैनपुरबाट एक हजार चार सैय पचास लिटर घरेलु मदिरा बरामद गरी नष्ट
News Desk
Mar-27 , 2023 तारिख 07:46 बिहान

 

वीरगञ्ज - घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय पोखरियाले अवैध रुपमा सञ्चालन गरी चलाइरहेको अवस्थामा पकाहामैनपुरबाट एक हजार चार सैय पचास लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

आइतबार दिउँसो इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक मोहन विक्रम केसीकोको कमाण्डमा खटिएको १५ जनाको प्रहरीको टोलीले पकाहामैनपुर गा.पा. वडा नम्बर ३ र ४ बाट अवैध रुपमा सञ्चालन गरी चलाई रहेको रक्सीको भट्टीमा खान तलासी गर्ने क्रममा सो परिमाणको घरेलु मदिरा बरामद गरेको हो ।

प्रहरीका अनुसार  रक्सी भट्टीबाट कच्चा पदार्थ १२०० लि, तयारी मदिरा २५० लि, स्टिलको भाँडो ४ वटा, प्लाष्टिकको भाँडो २० वटा समेत बरामद गरी नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

उक्त बरामद गरिएका कच्चा पदार्थ र तयारी मदिरा स्थानीय मानिसहरूको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

अवैध रूपमा मदिरा उत्पादन र सेवनलाई अन्त्य गर्ने उद्देश्यले चलाएको अभियानअन्तर्गत उक्त परिणामको मदिरा बरामद गरी नष्ट गरिएको ईलाका प्रहरी कार्यालय पोखरियाले जानकारी दिएको छ ।

धेरै पढिएको