News Desk
गाईघाट । उदयपुर
युवाहरुको क्षमता अभिबृद्धी संगै उनिहरुमा रहेका प्रतिभा पहिचान, पस्फुटन तथा प्रतियोगितात्मक कार्यक्रम फेश अफ उदयपु्रको शनिवार होटल गृन प्यालेस गाईघाटमा एक कार्यक्रमका विच उद्धघान गरिएको छ । कार्यक्रमको उद्धघाटन कोशी प्रदेश सभा सदस्य गिता रेग्मी र त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले गरेका थिए।
जिल्लाका विभिन्न पालिकामा रहेका १६ देखी २५ वर्ष उमेर समुहका युवाहरुका लागि आयोजना भएको यस कार्यक्रममा अडिसन राउण्ड र रजिष्ट्रेशन राउण्ड पार गरि अन्तिम प्रतिष्पर्धाका लागि १० जना किशोरी र १ जना किशोर छनौट भएको आयोजक संस्था विङ्गस इन्टरटेन्मेन्टका निर्देशक तथा कलाकार एमजे मिथुनले जानकारी दिएकाछन् ।
प्रतियोगितामा छनौट भई बेलका नगरपालिका बाट तिन, चौदण्डीगढि नगरपालिकाबाट दुई, त्रियुगा नगरपालिकाबाट पाँच र रौतामाई गाउँपालिकाबाट एक गरि एघार जनाले सहभागिता जनाउदैछन
उद्धधाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले युवाहरुको देश र नगरको भविष्य रहको र युवाहरुको सर्वाङ्गिण विकासकालागि शिक्षा संगै अन्य क्षेत्रको ज्ञानको पनि आवश्यक्ता रहेको बताएका छन् । नगरका युवाले अवको दिनमा शिक्षा संगै कृषि तथा अन्य रोजगारिको क्षेत्रमा पनि चासो देखाउनु पर्ने कुरामा जोड दिएका छन। त्यसै गरि कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रदेश सभा सदस्य गिता रेग्मीेले विगत लामो समय देखी जिल्लाको कला र अन्य सम्बन्धित क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको विङ्गस इन्टरटेन्मेन्ट परिवारलाई र सहभागि प्रतियोगिहरुलाई शुभकामना दिदै युवाहरु सामाजिक संजालमा मात्र भई नेतृत्व पङ्गतीमा पनि सक्रृय हुन जरुरी रहेको बताएका छन् । यस किसिमको कार्यक्रमले युवाको नेतृत्व, व्यक्तित्व तथा क्षमता विकासमा निकै राम्रो भुमिका निर्वाह गर्ने भएकाले आउने आ¥नो क्षेत्रका युवाहरुको सशक्तिकरणका लागि आफु सकरात्मक रहेको र सहेको सहयोग गर्ने भनि प्रतिबद्धता समेत जनाएका छन।
कार्यक्रममा ब्रोडकास्टिङ्ग एशोसिएसन अफ नेपाल (वान)का केन्द्रिय महासचिव नविन वाबु, त्रियुगा नगरपालिकाका स्थानिय जनप्रतिनिधि, युवा नेता, तथा कृष्ण फाउण्डेशनका व्यवस्थापक अर्पण भट्टराईको पनि उपस्थिति रहेको थियो ।
करिब १ महिना चल्ने यो कार्यक्रमको बन्द प्रशिक्षणका केहि कक्षा अन्लाईन र केहि भौतिकरुपमा हुने आयोजकले जनाएकोछ जसमा विजेतालाई नगद रु २५ हजार सहित सहभागि सबैलाई जैन विश्वविद्यालय बेङ्गलुरुमा उच्च शिक्षाका लागि छात्रबृत्ति, ५ लाख बराबरको दुर्घटना विमा, लगायत अन्य धेरै अवसर र पुरस्कारहरुको व्यवस्था गरेको आयोजकले जनाएको छ। जहा यस किसिमका कार्यक्रमका लागि प्रतियोगि संग प्रशिक्षणका लागि मोटो रकम लिईन्छ त्यहि यस कार्यक्रममा गत वर्ष देखी यस संस्थाले प्रतियोगिहरुलाई निःश्ल्क प्रशिक्षण प्रदान गर्दै आईरहेको छ। कार्यक्रमको फिनाले बैशाखमा गर्ने मनशाय बनाएको आयोजकले बताएका छन्