News Desk
काठमाडौं । बागमती प्रदेश सांसद माइली तामाङ नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा भर्ना भएकी छिन् । सांसद तामाङ देब्रेखुटाको कुर्कुचामा अस्वभाविक पीडा तथा संक्रमण देखिए पस्चात उपचारका लागि अस्पतालमा भर्ना भएकी हुन । तत्कालै शल्यक्रिया गर्नुपर्ने देखिएको चिकित्सकको भनाई पश्चात् आवश्यक प्रबन्ध सहित तामाङलाई भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।
नेपाल अर्थोपेडिकका बरिष्ठ चिकित्सक कैलाश भण्डारीले तामाङ्को खुट्टामा देखिएको लक्षण सामान्य भएता पनि शरीरका स्नायु माध्यमबाट अन्यभागमा समेत असर देखिन सक्ने भएकाले शल्य प्रक्रियामा जानुपरेको बताए।अस्पताल स्रोतका अनुसार भोलि डा कैलाश भण्डारीको चिकित्सक टिमले उनको खुट्टाको शल्यक्रिया गर्ने छ ।
माइली तामाङ बागमती प्रदेश लागि सिन्धुपाल्चोक जिल्लाको एमाले पार्टीका समानुपातिक सांसद हुन।