रवि लामिछानेलाई राहदानी मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता
News Desk
Apr-03 , 2023 तारिख 02:30 बेलुका

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । निवदेक युवराज पौडेलले आइतबार सर्वोच्चमा दिएको निवेदन सोमबार मुख्य रजिष्ट्रारले दर्ता गरेका हुन् ।

सर्वोच्च अदालतमा प्रवक्ता विमल पौडेलका अनुसार निवेदनमाथिको पेसी मंगलबारका लागि तोकिएको छ ।

धेरै पढिएको