नेपाली कांग्रेस तनहुँ काठमाडौं समितिको आयोजनामा शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम सम्पन्न
News Desk
Apr-08 , 2023 तारिख 07:21 बेलुका

 

काठमाडौं ।नेपाली कांग्रेस तनहुँ काठमाडौं समितिले नयाँ बर्ष २०८० को पूर्वसन्ध्यामा शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । शनिवार टोखामा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेसका  केन्द्रिय सदस्य एवम संघिय सांसदद्वय शंकर भण्डारी एवम् प्रदिप पौडेल, केन्द्रिय सदस्य एवम् संविधानसभा सदस्य ध्रुव वाग्ले, नेपाली कांग्रेस जिल्ला कार्य समिति सभापति एवम् गण्डकी प्रदेश सभा सदस्य जित प्रकाश आले, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, नेपाली कांग्रेस जिल्ला कार्य समिति उपसभापति एवम् ॠषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ लगायतका नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।  

सो अवसरमा आयोजित सभालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सांसद शंकर भण्डारीले संगठित  र स्थिर संस्था नेपाली कांग्रेसनै रहेकोले तनहुँमा अनर्गल प्रचार प्रसार र भडकाउमा लाग्न नहुने बताउनुहुँदै सबैले गोविन्द भट्टराईलाई जिताउन लागिपर्नुपर्नेमा जोड दिनुभयो ।  

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सांसद प्रदिप पौडेलले  कांग्रेसमाथि थुप्रै चुनौती रहेको बताउनुहुँदै अवस्था अनुसार पार्टिलाई धारिलो बनाउन राम्रा मुद्धा उठाउनु पर्ने आवश्यकता औल्याउनुहुँदै एकता निर्माण गर्दै अगाडि बढन सबैलाई आग्रह गर्नुभयो ।  

सभापतिको आसनबाट बोल्नुहुँदै नेपाली कांग्रेस जिल्ला कार्य समिति सभापति एवम् गण्डकी प्रदेश सभा सदस्य जित प्रकाश आलेले तनहुँ क्षेत्र नं १ मा वैशाख १० गते हुन गईरहेको निर्वाचनबाट नेपाली  कांग्रेसमा उम्मेदवार गोविन्द भट्टराईको जित सुनिश्चित  रहेको दाबी गर्नुभयो ।  

कार्यक्रममा संचालकको भूमिका निर्वाह गर्नुहुँदै नेपाली कांग्रेस तनहुँ काठमाडौं समितिका अध्यक्ष उत्तम मिश्रले आसन्न उप निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन सबैले आ आफनो स्थानबाट सक्दो प्रयास जारी राख्दै नेपाली कांग्रेसको 
साँखलाई जोगाई राख्नुपर्ने बताउनुभयो ।

धेरै पढिएको