मेयर बालेनको निर्देशनपछि सिंहदरबारबाट उठेन फोहोर
News Desk
Apr-09 , 2023 तारिख 03:45 बेलुका

काठमाण्डौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आज फोहोर उठेको छैन। शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने बताएका थिए। सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले सिंहदरबार क्षेत्रको फोहर उठाउने र सरसफाइ गर्ने काम गर्छ। मेयर बालेनले फोहोर उठाएर सिंहदरबारबाट बाहिर ननिकाल्न निर्देशन दिएका कारण फोहोर बाहिर ननिकालेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए।

‘हामीलाई फोहोर नउठाउन निर्देशन दिनुभएको छ,’ उनले भने, ‘त्यही भएर फोहोर सबै कार्यलयबाट उठाएता पनि सिंहदरबारबाट बाहिर निकालेका छैनौं।’सिंहदरबारको फोहोर उठाएर अहिले पुतली बगैंचामा राखिएको छ। सिंहदरबारबाट दैनिक पाँच टन फोहोर उठ्ने गरेको छ।

शनिबार बालेन शाहले सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएका थिए।

 

 

धेरै पढिएको