महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी (जीवनीसहित)
News Desk
Apr-13 , 2023 तारिख 08:49 बिहान

 

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी हुनुभएको छ ।

अन्य दुई आकांक्षीहरु मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनलाई पराजित गर्दै ढकाल विजयी हुनुभएको हो ।  ढकालले प्रधान र हिराचनको भन्दा ९ मत बढी प्राप्त गर्नुभएको छ ।  

उहाँ उमेशलाल श्रेष्ठ प्यानलका हुनुहुन्छ।


हेमराज ढकालको व्यक्तिगत चिनारी 

हेमराज ढकाल एक सफल उद्योगपति एवम व्यवसायी नेता हुनुहुन्छ । हेरिटेज ग्रुपका अध्यक्ष रहनुभएका ढकालले मेट्रस, चिया, बैकिङ, निर्यात र ट्रेडिङको क्षेत्रमा लगानी बिस्तार गर्नुभएको छ । त्यसो त हाल उहाँ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य साथै स्वास्थ्य, शिक्षा एवम सीप बिकास समितिका सभापति हुनुहुन्छ । महासंघमा यो उहाँको दोस्रो कार्यकाल हो । अघिल्लो कार्यकालमा उहाँले महासंघको कृषि समिति सह सभापतिको भएर कार्यभार सम्हाल्नु भएको थियो । 

पूर्वको झापामा जन्मनुभएका ढकालले व्यवस्थापन संकाय अन्तर्गत स्नाकोत्तरसम्मको अध्ययन पुरा गर्नुभएको छ ।  त्यसो त उच्च  शिक्षा हासिल गर्ने अभिलाषासहित १९८० को मध्यतिर जापान पुग्नुभएका ढकालले त्यहा अध्ययन गर्दै जागिरे जीवन व्यथित गर्दागर्दैको अवस्थामा आयात निर्यातको क्षेत्रमा हात हाल्नुभएको थियो। आफनै जन्मभुमीमा रहेर केही गर्ने हुटहुटीले उहाँ स्वदेश फिर्नुभई हयाण्डी क्राफ्टको निर्यातसँगसगै मोटरको शोरुम संचालन गर्न थाल्नु भयो । जोखिम मोल्न तयार हुनेहरुले नै व्यापार व्यवसायमा सफलता हासिल गर्न सक्छन् भन्ने मान्यता राख्नु हुने हेमराजले  जोखिम वहन गर्न रत्तिभर पनि डर मान्नु भएन ।  फलत उहाँ एकपछि अर्को गर्दै सफल बन्न्दै जानुभयो । चाहे त्यो २०० विघा जग्गामा २००३ मा स्थापित झापा टि स्टेट होस् कि चाहे सन २०११ मा शुरु भएको हेरिटेज  ब्राण्डबाट फ्लोरिङ् कार्पेट एवम् इपिल रोल तथा सिट उत्पादनको थालनि यसका  सुत्रधार र सफलतम् संचालनको गाथा भनेकै हेमराज ढकालको सफलता हो । एक्सल विकास बैंकका अध्यक्ष रहिसक्नु भएका ढकालले पछिल्लो समय चिया प्रशोधन गरि ठुलो परिणाममा विदेश निर्यात गर्दै आउनुभएको छ । 

महासंघ भित्र ढकालको छवि भिजनरी लिडरको रहेको छ । कृषि उद्यम समिति र स्वास्थ्य, शिक्षा तथा सीप समितिको नेतृत्व गर्दै गर्दा उहाँले खेल्नु भएको प्रभावकारी भूमिकाको महासंघभित्र सधैं  खुलेर  प्रशंशा हुने गर्दै आएको पनि पाईन्छ । सबैसँग सहजै घुलमिल हुने स्वभाव भएका ढकाल मिलनसार र भद्र व्यक्तित्वमा समेत गनिनुहुन्छ । आँफै केही गर्नुपर्छ भन्ने मान्यता राख्नुहुने उहाँ निजी क्षेत्रका तमाम समस्याहरुलाई समाधान गर्न आफु दृढ भएर लाग्ने बताउनुहुन्छ ।

धेरै पढिएको