News Desk
काठमाडौं । राणा शासन विरुद्धको क्रान्ति होस् कि १७ साल देखीको एकदलिय पंचायत कालका विरुद्धमा ३० बर्षको कालखण्डको क्रान्ति, त्यससमयमा कांग्रेसीजन र केही वामपन्थी नेता समेतले गरेको संघर्ष र योगदानको फेहरिस्त निकै लामो छ । हालका राष्ट्रपति रामचन्द्र पौडेलसमेत एकदलिय पंचायतका विरुद्धमा लामो समय आन्दोलनरत रहनुभयो । उहाँले पटक पटकगरि १४ बर्षसम्म भन्दा लामो समय जेल जीवन व्यथित गर्नुभयो । उहाँ राष्ट्रपति निर्वाचित भएपस्चात तनहुँ १ मा रिक्त संविधान सभा सदस्यका लागि वैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्याग र निष्ठालाई शिरोपर गर्दै अविराम पार्टि निर्माणको यात्रामा सकृय गोविन्द भट्टराई तनहुँ १ बाट नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ । सत्ता गठबन्धन समेतको समर्थन उहाँलाई प्राप्त छ । प्रतिनिधि सभा सदस्य चयनका लागी हुने उप निर्वाचनका लागि तनहुँ १ मा कुल ९ जना चुनावी प्रतिस्पर्धामा छन् । यद्यपि सत्तागठबन्धनको समर्थनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका गोविन्द भट्टराईसहित नेकपा एमालेका उम्मेदवार पूर्व आईजिपी सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको चर्चा जति छ त्यसको तुलनामा अन्य आकांक्षीहरुको चर्चा खासै नगण्य छ । संभवत संगठन र उम्मेदवारको व्यक्तित्वका कारण राष्ट्रिय मिडिया र सामाजिक संजालमा उनीहरुकै चर्चा बेशि भैरहेको छ । र यसलाई अन्यथा मान्नुपर्ने केही छैन् ।तर यहाँ निर हामीले बुझ्नुपर्ने कुरा के छ भने चर्चा हुँदैमा कोही पनि उम्मेदवार योग्य वा उपर्युक्त हुँदैन । त्यसैले यि तीन उम्मेदवार मध्ये गोविन्द भट्टराईको तुलनामा खनाल र वाग्ले कम योग्य वा अनुपर्युक्त उम्मेदवार हुन भन्ने कुरा आम मतदाताले बुझ्न् आवश्यक छ । हो जनतामा पुराना राजनीतिक दल प्रति वितृष्णा हुन सक्छ पार्टिको नेतृत्वको रवैया मन नपर्न सक्छ तर सबै राजनीतिज्ञहरुलाई एउटै चस्माले हेर्नु महाभुल हुनेछ । त्याग, निष्ठा र इमान्दार नेताको हुर्मत लिएर देश कहिल्यै पनि बन्न सक्दैन भन्ने हेक्का सबैले राख्नुपर्छ । दशकौ राजनीतिमा बिताएको र लाभ वा अवसर प्राप्तीका लागि मरिहत्ते नगर्ने, पार्टि भित्रै अनवरत संघर्षरत र विवादरहित छवि भएको उम्मेदवार हुँदाहुँदै अन्य पेशा व्यवसाय छाडेर धमिलो पानीमा माछा मार्न उद्यत र अवसर शिवाय केही नखोज्ने प्रब्रित्तीका मान्छेलाई योग्य र उपर्युक्त ठान्नु जस्तो अन्याय के होला र ।
स्वतन्त्र पार्टिका सांसद ढाकाकुमार श्रेष्ठ र दुर्गा प्रसाई बीच भएको २ करोड लेनदेन सम्बन्धी अडियो प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टि र रवि लामिछानेको चपाउने दाँत र देखाउने दाँत
के हो भन्ने छर्लङ भएको छ । घण्टि बजाएर आउनेहरू यति छिट्टै २ करोडको शङ्ख बजाएर जाने अवस्था आउँछ भन्ने कमैले सोचेका थिए होलान् । वाग्लेकै कुरा गर्नुपर्दा ५ बर्षका लागि नेपाली कांग्रेसको चुनावी घोषणापत्र बनाएका मान्छेले सानो चित्त बनाएर पार्टि परित्याग गर्नुले उनी कति दम्भी र अराजक छन् भन्ने पुष्टि गर्दछ ।
उनी आर्थिक क्षेत्रका विज्ञ हुन भन्नेमा विवादै छैन् । रटन सक्ने, बोल्न सक्ने र विदेशीसँग दोहोरो संवाद गर्न सक्ने मामलामा उनी आम मान्छे भन्दा निकै अघि छन् । तर पनि विज्ञ हुँदैमा सबै योग्य हुँदैनन् । राजनीति गर्ने मामिलामा जुन अयोग्यता उनले प्रस्तुत गरे यसबाट उनले माटो सुहाँउदो काम गर्ने क्षमता राख्छन् भन्नेमा आशंका गर्ने ठाउँ प्रशस्त छ । र मेरो दाबी पनि त्यही नै हो । कांग्रेसभित्र विगतमा पनि एकसे एक विद्धान अर्थशास्त्री थिए र उनकै हाराहारीका अन्य पनि केही संख्यामा छन् । कांग्रेसको मुल नीति उदारवाद र समाजवादको फ्युजन नीति हो तर समाजवाद ओझेलमा छ । यसो हुनुमा अर्थशास्त्रीहरु बौद्धिक कमारा बन्नाले हो । तिनै मध्येका एक उनी पनि हुन । कांग्रेसबाटै राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्ष हुँदा उनले माटो सुहाँउदो कुनै काम न त नै गरे न त इच्छा नै देखाए । उनी मन्त्री वा प्रधानमन्त्री बने भने पनि भोली उहि अरुकै ईशारामा नाच्ने हो । क्षेत्रिय एवम अन्तरराष्ट्रिय फोरमहरुमा देशले विभिन्न प्रतिबद्धता व्यक्त गरेको छ । कार्या न्वयनको पाटोलाई हेर्ने हो भने कतिपय अभ्यासहरु नेपालको हित अनुकुल फिटिक्कै छैनन् । बौद्धिक वर्गले त त्यसलाई परिमार्जन गर्न सक्ने ल्याकत राख्नुपर्छ, जुन स्वर्णिमले गर्नै सक्दैनन् ।
खनालको कुरा गर्नुपर्दा उनी काठमाडौं ६ का जनताले नपत्याएका उम्मेदवार हुन । कांग्रेस हुँदै कम्युनिस्ट बनेका उनी ओलीलाई सत्तामा टिकाई राख्न सांसद अपहरण गरेको भनि बद्गनामित छन् ।
त्यसैले वाग्ले र खनाल, दुवै पात्र अवसरवादी भएको स्पष्ट हुन आउँछ । हेक्का रहोस्, पार्टि नेतृत्वमा दोष, खोट दुवै हुनसक्छ तर गोविन्द भट्टराई कुनै दाग नलागेका र लामो राजनीतिक योगदानले यो स्थानसम्म आईपुगेका पात्र हुन । त्यसैले गोविन्द भट्टराई हाई हाईका पात्र हुन न कि कुनै अवसरवादी ।