News Desk
दिपक पराजुली, हेटौडा छ। हेटौडा उपमहानगरपालिका -११ अवस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्थाले ७० बर्ष पुग्नु भएका आफ्ना सहकारी सदस्य बृद्द आमाहरुलाई सम्मानित गरेको छ। संस्थाका अध्यक्ष फूलमान श्रेष्ठको अध्यक्षता र हेटौडा उपमहानगरपालिका - ११ नम्बर वडाध्यक्ष जूना दाहालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा निवर्तमान वडाध्यक्ष गोकर्ण प्रसाद पराजुलीको बिशेष आथित्यता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष दाहालले पछिल्लो समयमा देशका बिभिन्न ठाउमा सहकारीका बिकृतिका समाचार सार्वजनिक भैरहदा यस नवयुवा सहकारले भने आफ्ना शेयर सदस्यको मन र बिश्वास जित्न सफल भएको भन्दै आफ्नो कार्यकालमा सहकारीलाई आवश्यक सहयोग रहने बताउनु भयो। संस्थाका कोषाध्यक्ष तथा शिक्षा उपसमिति संयोजक खेमराज सापकोटाले संयोजन गर्नु भएको कार्यक्रममा ३३ जना बृद्द आमा सम्मानित हुनु भएको छ । सहकारीको बार्षिक कार्ययोजना अनुरुप हेटौडा -११ अवस्थित सहकारीको आफ्नै भवनमा भएको कार्यक्रममा संस्थाका अन्य पदाधिकारी लगायत सदस्यहरुको उपस्थिति रहेको थियो। बर्ष पुग्नु भएका आफ्ना सहकारी सदस्य बृद्द आमाहरुलाई सम्मानित गरेको छ। संस्थाका अध्यक्ष फूलमान श्रेष्ठको अध्यक्षता र हेटौडा उपमहानगरपालिका - ११ नम्बर वडाध्यक्ष जूना दाहालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा निवर्तमान वडाध्यक्ष गोकर्ण प्रसाद पराजुलीको बिशेष आथित्यता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष दाहालले पछिल्लो समयमा देशका बिभिन्न ठाउमा सहकारीका बिकृतिका समाचार सार्वजनिक भैरहदा यस नवयुवा सहकारले भने आफ्ना शेयर सदस्यको मन र बिश्वास जित्न सफल भएको भन्दै आफ्नो कार्यकालमा सहकारीलाई आवश्यक सहयोग रहने बताउनु भयो। संस्थाका कोषाध्यक्ष तथा शिक्षा उपसमिति संयोजक खेमराज सापकोटाले संयोजन गर्नु भएको कार्यक्रममा ३३ जना बृद्द आमा सम्मानित हुनु भएको छ । सहकारीको बार्षिक कार्ययोजना अनुरुप हेटौडा -११ अवस्थित सहकारीको आफ्नै भवनमा भएको कार्यक्रममा संस्थाका अन्य पदाधिकारी लगायत सदस्यहरुको उपस्थिति रहेको थियो।