एनआरएनए बेलायतको निर्वाचन समिती गठन , संयोजकमा चिरन्जिबी ढकाल
News Desk
Apr-24 , 2023 तारिख 05:03 बेलुका

लण्डन,गैरआवासीय नेपाली संघ एनआरएनए युकेको आइतवार बसेको राष्ट्रिय समन्वय परिषद बैठकले सर्वसम्मतले निर्वाचन समिती गठन गरेको छ । आगामि २०२३-२५ कार्यकालको लागि जुलाई २२ मा हुने निर्वाचनको लागी निर्वाचन समितिको संयोजकमा संघका संस्थापक सचिब चिरन्जिबी ढकाललाई नियुक्ति गरेको छ । समितिका अन्य सदस्यहरुमा तमुधि युकेका अध्यक्ष हरि गुरुङ र एनआरएनए युकेका संस्थापक सदस्य एबम पत्रकार बिपिन निरौला रहेका छन । सात सदस्यिय निर्वाचन समितिमा बाँकी चार सदस्यहरु अध्यक्ष सुनिल बाबु खडकासँग सल्लाह गरी थप्ने अधिकार निर्वाचन समिति संयोजकलाई दिने निर्णय पार्षद भेलाले गरेको छ ।

गैरआवासीय नेपाली संघ बेलायतका प्रवक्ता शशांक शर्माका अनुसार बैठकले संघको २०२३-२५ कार्यकालको लागी सदस्यता ड्राइब समितीको संयोजक उपाध्यक्ष रामचन्द्र पोखरेलको नेतृत्वमा छिट्टैनै बेलायतका गैरआवासीय नेपाली संघलाई माया गर्ने सामाजिक अभियन्ताहरुलाई राखी सदस्यता ड्राइब समिती बनाउनेछ । संघका अध्यक्ष सुनिल बाबु खडकाको अध्यक्षतामा जुममा बसेको उक्त बैठकले सदस्यता आबेदनको अन्तिम मिती जुन २३ निर्धारण गरेको छ भने संघको ११औ अधिवेशन जुलाई १६ र संघको २०२३-२५ को कार्यसमितीको निर्वाचन २२ जुलाईमा गर्ने निर्णय गरेको छ ।

धेरै पढिएको