राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः भारी मतान्तरले विजयी
News Desk
Apr-25 , 2023 तारिख 12:43 बेलुका

प्रतिनिधिसभा सदस्यकाे उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः भारी मतान्तरले विजयी भएका छन्। कुल ७८ हजार २७७ मत गणना हुँदा लामिछानेले ५४ हजार १७६ मत पाएका छन्। यो उनका प्रतिस्पर्धीहरु कांग्रेसका उम्मेदवारको भन्दा ४२ हजार ९६२ र एमालेका उम्मेदवारको भन्दा ४३ हजार २४० मतले धेरै हो।

कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका छन्। यद्यपि, लामिछानेको जितको आधिकारिक घोषणा हुन भने बाँकी छ।

धेरै पढिएको