News Desk
दिपक पराजुली
हेटौडा। बागमती प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक किरण राणाले जिम्मेवारी सम्हाले देखि नै आपना मातहात निकायहरुको निरिक्ष ण भ्रमण गरिरहनु भएको छ। यहि क्रममा बिहिबार वहाले आफू मताहतको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको अवलोकन भ्रमण गर्नु भएको छ। भेटघाटको क्रममा वहाले त्यहाको बस्तुस्थिति बारे जानकारी लिनु भएको थियो।
भेटघाटको क्रममा डी आइ जी राणाले मातहात निकायको गुनासो सुन्नुका साथै नागरिक मैत्री भइ आम जनमानसमा प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिनु भएको छ।