की प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
News Desk
Apr-28 , 2023 तारिख 01:46 बेलुका

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८९२० अनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

 माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले पहिलो पालोमा आफू मुख्यमन्त्री हुनुपर्ने अडान राखेपछि नयाँ सरकार गठनमा विलम्ब भएको थियो । तर पहिलो पालोमा को भन्ने विवाद नटुंगिदा बिहीबार अपरान्ह मात्र मुख्यमन्त्री नियुक्ति हुन सक्यो ।

सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिएको ३ दिनको समय सकिनै लाग्दा पनि चुमानले पहिला आफू मुख्यमन्त्री हुनुपर्ने अडान छाडेका थिएनन् । माओवादी संसदीय दलका नेता चुमानले केन्द्रको निर्देशन नआएको भन्दै कुनै छलफल र बैठकमा भाग लिएनन् ।


 

धेरै पढिएको