संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
News Desk
May-05 , 2023 तारिख 02:05 बेलुका

संखुवासभा —  वैशाख २२, २०८०। 

संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । केही बेरअघि हेलिकप्टर दुर्घटना भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए ।

हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

हेलिकप्टरले माटो,ढुंगा तथा कंक्रिटलगायतका सामान लिएर आएको माथिल्लो अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले बताए । हेलिकप्टरमा चालकसहित ४ जना रहेका छन् । क्षतिको थप विवरण आइसकेको छैन । उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर पठाइएको छ ।

धेरै पढिएको