News Desk
काठमाण्डौं । सिन्धुपाल्चोकबाट बागमती प्रदेशसभाको प्रतिनिधित्व गर्नु हुने सभासद माइली तामाङले सचिवालय सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । काठमाडौ स्थित गोकर्णेश्वर नगरपालिका वडा न ७नारायणटारमा आज एक कार्यक्रम माझ सभासद तामाङले कार्यालयको उद्घघाटन गर्नु भएको हो । सो अवसरमा मन्तव्य व्यक्त गर्दै सभासद तामाङले जनताका समस्या एव विकास निर्माणकलाई काममा चुस्त दुरुस्त राख्न सचिवालय गठन गरेको बताउनु भयो।
सिन्धुपाल्चोक जिल्ला आधार क्षेत्र भएता पनि समानुपातिक तर्फमा आफुले बागमती प्रदेश भरिका जनताको मत पाएकाले प्रदेश भरिका समस्या एवं विकास निर्माणमा जोड बल गर्ने सभासद तामाङले बताउनुभयो। प्रदेश सभासद हैसियत रहदा जनताकाममा दल बिशेषको मह्त्व नराख्ने पनि उहाँले बताउनुभयो। सचिवालयले नागरिकको समस्यालाई मह्त्व दिने जनाएको छ।
कार्यक्रममा बागमती प्रदेश स्थित विभिन्न जिल्लाका नागरिकहरुको बाग्लो उपस्थिति रहेको थियो।