महालक्ष्मी चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न
News Desk
May-06 , 2023 तारिख 06:31 बेलुका

 

ललिपुर । महालक्ष्मी चेम्बर अफ कमर्सले आफनो दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिवार आयोजित कार्यक्रमको समुदघाटन प्रतिनिधिसभा सदस्य प्रेम महर्जनले गर्नुभएको थियो ।  

सो अवसरमा प्रतिनिधिसभा सदस्य प्रेम महर्जनले महालक्ष्मी महानगरमा औद्योगिक ग्राम स्थापना गर्न आफुले पहल गर्ने बताउनुहुँदै उद्योगि व्यवसायीको समस्या समाधानसँगै आम चासोका भौतिक पुर्वाधार निर्माणका निम्ती आफुले आवाज उठाउदै आएको उल्लेख गर्नुभयो ।  महालक्ष्मीको पर्यटन विकास, कृषि उत्पादन र हस्तकला प्रबर्धनमा आफुले प्राथमिकतापूर्वक काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

महालक्ष्मी  चेम्बर अफ कमर्सका अध्यक्ष केशव श्रेष्ठले सुति कपडा उत्पादन गर्ने प्रमुख औद्योगिक क्षेत्र भएको र  हातेतान हुँदै आधुनिक लुमको प्रयोग हुँदै आएको जानकारी दिनुहुँदै परम्परागत शिप र  कलाको प्रबर्धन गर्न औद्योगिक ग्राम स्थापना गर्न महालक्ष्मी  चेम्बरले पहल गर्दै आएको बताउनुभयो । कपडा उद्योगलाई बैंकिङ कर्जामा भारतमा जस्तै ५ बर्षसम्म छुटको व्यवस्था गर्न पनि  उहाँले माग गर्नुभयो ।  

बागमती प्रदेशका सभासद रामेश्वर श्रेष्ठले राज्य आयकर भन्दा पनि भन्सारमा निर्भर रहदा उपभोग्य वस्तुको मुल्य बढन गएको उल्लेख गर्नुहुँदै आगामी बजेटमा करनीतिमा परिमार्जन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।   

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्राले विश्वमा आएको मन्दी भन्दा पनि राष्ट्र बैंक र अर्थमन्त्रालय बीच समन्वय नहुँदा नेपालमा आर्थिक मन्दी भएको उल्लेख गर्नुहुँदै १० वटा वस्तुको निर्यातमा रोक, जग्गामा कित्ताकाट रोग, व्याजदर बढाईनु, वेश रेटमा मनपरि हुनु जस्ता गतिविधिले आर्थिक संकट आएको बताउनुका साथै समस्या समाधानका लागि  व्याजदर घटाउदै ईएमआईसहित  ३ बर्ष जतीमा तिर्ने नयाँ समय सिमा तोक्नुपर्ने धारणा  राख्नु भयो । 

ललितपुरका प्रजिअ जयनारायण आचार्यले शान्ति सुरक्षा, विपद व्यवस्थापन लगायतका काममा चेम्बर लगायतका संघ संस्थासँग सहकार्य गर्दै आएको उल्लेख गर्नुहुँदै आगामी दिनमा पनि जनहितलाई केन्द्रमा राखेर व्यापार व्यवसाय सम्बद्ध संघ संस्थासँग हातेमालो गर्दै अघि बढने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले सामुहिक रुपमा उद्योगी व्यापारीको हितमा काम गर्न महालक्ष्मी चेम्बर अफ कमर्स नगर चेम्बर अफ कमर्सको स्थापना भएको जानकारी दिनुहुँदै यस क्षेत्रलाई विकास गर्न ललितपुर चेम्बरले  आवश्यक साथ दिदै जाने उल्लेख गर्नुभ्स्यो ।  

वडा नं  ७ का वडाध्यक्ष बाबुराजा महर्जनले शिप अनुसार दक्ष मानव संशाधनलाई देशमै काम गर्ने वातावरण  मिलाउन औद्योगिक ग्राम स्थापना गर्नुपर्ने खाँचो औल्याउनुभयो ।   

कार्यक्रममा भक्तपुर चेम्बरका अध्यक्ष धुसेरत्न शाक्यले सफलताको शुभकामना व्यक्त गर्नुभयो भने महालक्ष्मी चेम्बरका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले उपस्थितीका लागि सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।  

सो अवसरमा मिनु श्रेष्ठको संयोजकत्व महालक्ष्मी महिला चेम्बर र सक्षम श्रेष्ठको संयोजकत्व  महालक्ष्मी युथ चेम्बरको गठन गरियो ।  

कार्यक्रममा ललितपुर प्रहरी परिसरका प्रमुख  बरिष्ठ प्रहरी उपरिक्षक शशी बिक्रम शाह, ललितपुर चेम्बर अफ कमर्सका महासचिव हरिहर अधिकारी, ललितपुर महिला चेम्बरकी अध्यक्ष सुनिता बज्राचार्य, बरिष्ठ उपाध्यक्ष शान्ती शाक्य,  ललितपुर चेम्बरका कार्यसमिति सदस्य ॠषिकेश तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।

धेरै पढिएको