ललितपुर तयारी पोशाक संघले रजत जयन्ती महोत्सव मनाउने
News Desk
May-08 , 2023 तारिख 07:40 बेलुका


ललितपुर । ललितपुर तयारी पोशाक संघले रजत जयन्ती महोत्सव बारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको छ । संघले सोमबार जावलाखेलमा पत्रकार सम्मेलन आयोजना गरि संघका आगामी कार्यक्रम र व्यवसायिक वातावरण बारे जानकारी दिएको हो । सो अवसर ललितपुर तयारी पोशाक संघका संस्थापक अध्यक्ष पुष्परत्न शाक्यले २०५५ मा सरकारले भ्याटको व्यवस्था शुरु गर्दै गर्दा भन्सार विन्दुमा मात्रै लागु गर्नुपर्छ भनेर आवाज उठाएको र अहिले सरकारले भ्याट उठाउन नसकिरहेबाट यो नीति गलत छ भन्ने प्रमाणित भएको उल्लेख गर्नुभयो ।  साथै उहाँले व्यवसाय बिमा गरेर निस्चित समय काम गरेका कामदारलाई पछि नियमित आम्दानी हुने गरि अगाडि बढन पनि संबन्धित सबैमा आग्रह गर्नुभयो ।  

ललितपुर तयारी पोशाक संघका अध्यक्ष मिलन श्रेष्ठले रजत जयन्तीको अवसर पारेर बर्ष दिन अवधिमा आयकर सम्बन्धी अन्तरकृया कार्यक्रम, व्यवसायिक लेखा प्रणालिको तालिम प्रदान, बैंक तथा इन्स्योरेन्स सम्बन्धी सहजीकरण, स्वास्थ्य सम्बन्धी कार्यक्रम, सामाजिक कार्यक्रम अन्तर संघ खेलकुद कार्यक्रम संचालन गर्ने, स्मारिका प्रकाशन, दसैं तिहार बिशेष उपहार कार्यक्रम, सदस्यता अभिबृद्धी कार्यक्रम आयोजना  गर्ने जानकारी दिनुभयो ।  

 सो अवसरमा संचारकर्मीहरुले उठाउनुभएको जिज्ञासा उपर जवाफ दिने क्रममा उहाँहरुले लेखा प्रणाली सम्बन्धी ज्ञानको कमी, नगरपालिकाले व्यवसायीलाई करमा आवद्ध गराउने तर सुविधा  भने नदिने गरेको आदी समस्या बारे जानकारी गराउनुभयो।

धेरै पढिएको