News Desk
सुन्दरीजलमा अर्गानिक कृषि उत्पादन कार्यक्रम सम्पन्न
काठमाडौं । ट्राई अगेन एग्रो फार्मको आयोजना एवम् गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा दुई दिने अर्गानिक कृषि उत्पादन कार्यशाला गोष्ठी सुन्दरीजलको स्थित वडा न १को हलमा आज सप्पन्न भएको छ । दिगो भोलिका लागि आजै देखी अर्गानिक कृषिको उत्पादन नाराको साथ बैशाख २४र २५गते आयोजना भएको सो कार्यक्रममा ६०जना कृषकहरुको सहभागी रहेको थियो।
स्वास्थ्य. रोजगारी ,उद्यशिलतालाई प्राथमिकता राखेर संचालन भएको उक्त कार्यक्रममा अर्गानिक विज्ञहरुले कृयात्मक र व्यवहारिक सचेतना अवगत गराएका थिए ।
कार्यक्रममा अर्गानिक सर्टीफिकेशन नेपालका अध्यक्ष बसन्त रानाभाट , कृषि विज्ञ एवम् कालिमाटी फलफूल एव तरकारी विकास बोर्डका कार्यकारी निर्देशक दालप्रसाद पुडासैनी ,पर्यवरण स्रोत विज्ञ एवम् वैदेशिक प्रबर्द्धन बोर्डका कार्यकारी निर्देशक डा द्वारीका उप्रेती लगाएतले अर्गानिक कृषिको महत्व र उत्पादनको प्रक्रिया बारे स्पष्ट पारेको थियो।
समापन समारोहमा सहभागी कृषकहरुलाई सहभागिताको प्रमाणपत्र एब कृषिमा प्रयोग गर्ने सामग्री हस्तान्तरण गरिएको थियो।सिर्जना तामाङले संचालन गरेको औपचारिक कार्यक्रममा ट्राई अगेन एग्रो फार्मका संचालकद्वय तिर्थ लामा र नरेन्द्र लामा लगाएत उपस्थिति रहेको थियो।