दंगालसँग विवाह बन्धनमा बाँधिए सिईओ सिंह
News Desk
May-12 , 2023 तारिख 11:07 बेलुका

काठमाडौं । राज्यदैनिक डटकम तथा राज्य मिडिया नेटवर्कका सिईओ डेभिलसिँह राजपुत सिन्धुपाल्चोक निवासी सुश्री स्वस्ती दंगालसँग वैवाहिक बन्धनमा बाँधिएका छन् । सिँह र दंगाल वैशाख २८ गते विहिवार हिन्दू परम्परा अनुसार वैवाहिक बन्धनमा बाँधिएका हुन । उनीहरुको वैवाहिक समारोह बनेपामा भएको थियो । सिँह बधु लिन पुर्ख्यौली थलो धनुषा स्थित वीरेन्द्रबजारबाट बनेपा पुगेका थिए ।                                             

सिईओ सिंहको वैवाहिक समारोहमा राज्यदैनिक डटकमका कार्यकारी सम्पादक तथा राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझा, उपसम्पादक सोम बाँस्तोला सरिक भई बधाई तथा शुभकामना दिएका थिए । वैवाहिक समारोहमा चर्चित पप रक गायक बिनोद ढकाल, चर्चित कोरियोग्राफअर रोजिन शाक्य, चलचित्र पत्रकार माधव खरेल, इभेण्ट अर्गनाइजरहरु हेमा मानन्धर, सानु खान, कृष्ण श्रेष्ठ (रोविन), टेकराज पाण्डे आदीको उपस्थिति रहेको थियो ।  

सिँहले ग्लोबल अनलाइन पे, मोडल संङ्स नेपाल, जिओपी बजार, बाईट पाण्डा आदी कम्पनी संचालन गर्दै आएका छन् भने दंगाल चिकित्सा क्षेत्र साथै इभेण्ट निर्देशकको रुपमा कार्यरत छिन् ।

 

धेरै पढिएको