News Desk
काठमाण्डौं । राष्ट्रपति चयन भएसँगै रामचन्द्र पौडेलले तडकभडकपूर्ण सवारीको परम्परामा बदलाव ल्याउनु भएको छ। सडक खाली गरार्र्इ सवार हुने परम्परालाई तोड्दै राष्ट्रपति पौडेलले थिति बसाउनु भएको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसद भवन पुग्नु भएको थियो छन् । उहाँको सवारीमा शीतलनिवासबाट संसद भवनमा सडक खाली गराइएन । सामान्य औपचारिकताका लागि संसद भवनको गेटबाट मात्र कारकेडको व्यवस्था गरिएको थियो ।यसअघि ईन्द्रजात्रामा पनि उहाँले सडक खाली नगराई सामान्य तबरले यात्रा गर्नुभएको थियो ।
यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद आउँदा शीतलनिवासदेखि नै सडक खाली गराउने गरिएको थियो ।