News Desk
काठमाडौं । उपत्यकाको सभ्यताको स्रोत मानिने बागमती नदीको मुख्यउद्गमलाई ब्यबस्थित गर्न सचेत नागरिक समुहले प्रतिनिधि सभा सदस्य शान्ति श्रेष्ठलाई ध्यानाकर्षण गर्दै ज्ञापन पत्र बुझाएको छ। आज एक कार्यक्रम माझ सांसद श्रेष्ठको कार्यकक्षमा स्थानीय एवम् सचेत नागरिकको उपस्थितिमा बागमती नदीको मुख्यउद्गम बागद्वार,नागमती ,स्यालमती साथै सहायक उद्गमहरुलाई ब्यबस्थित गर्न सुझाव सहित सचेत नागरिकका तर्फबाट डिएन घिसिङले प्रस्तुत गर्नुभएको थियो। उक्त अवसरमा घिसिङले बागमती नदीले शहरलाई जिवन्त बनाएकोले नदिको मह्त्व र संरक्षणमा ध्यान दिन आग्रह समेत गर्नुभयो।
बागमती नदिको धार्मिक बिषेशता एकातिर रहेको छ भने जल उपयोगिताको हुने कार्यनयन गर्न सके राजधानीको गरिमा बढ्ने अभियन्ता घिसिङले बताए। सोही अबसरमा प्रतिनिधि सभा सदस्य शान्ति श्रेष्ठले सार्बजनिक सवालमा अत्यन्तै गम्भीरतापुर्वक लिएको बताए। सभासद श्रेष्ठले गोकर्ण नगरपालिका आधार क्षेत्र अंतरगत निर्वाचन क्षेत्रभित्र परेकाले जिम्मेवारी ढंगले अगाडी बढ्ने बताउनु भयो। जलाधार क्षेत्र र नदि नियन्त्रणमा आर्थिक बर्षको बजेटमा समेत सम्सदबाट अनुमोदन भैसकेकोले कार्यनयनमा ढिलाइ नहुने समेत धारणा व्यक्त गर्नु भयो।चाडै सरोकारवाला सग बसेर थप परामर्श लिने र कार्यप्रगतीमा चासो लिने सभासद श्रेष्ठले जनाउनुभयो ।
उपस्थित भेलाले अव्यवस्थित शहरको बिस्तारलाई रोक्नु पर्ने साथै कलकारखानाबाट उत्पन्न हानिकारक रसायनको मिसावटले नदी दुर्गन्धित भएको तर्फ औल्याएका छन । नदीको सभ्यतालाई जोगाउन नागरिकलाई सचेतना जगाउनु पर्ने स्थानीयहरुले छलफलका क्रममा जनाएका छन् । कार्यक्रम गोकर्ण नगरपालिका बासिन्दा नरेन्द्र लामा एवम् तिर्थ लामा लगाएतको उपस्थिति रहेको थियो।