News Desk
तनहुँ । तनहुँको डुम्रेमा अत्याधुनिक सुबिधा सम्पन्न अटो वर्कसप संचालनमा आएको छ । विभिन्न किसिमका चारपाङ्ग्रे सवारी साधनको उत्कृष्ट मर्मतका लागि पृथ्वी राजमार्गको मध्यभागमा सिद्ध मनकामना तनहुँ अटो वर्कशप प्रालि संचालनमा आएको हो । गण्डकी प्रदेशमै पहिलो पटक उत्कृष्ट प्रविधिको प्रयोग गरि जुनसुकै कम्पनीका सवारी साधनको मर्मत गर्नेगरि वर्कशप संचालनमा ल्याईएको सिद्ध मनकामनाका संचालक अनिल भट्टराईले जानकारी दिए ।
‘चारपांग्रे सवारी साधन मर्मत गर्न अत्याधुनिक प्रविधिसहित व्यवस्थित इन्डोर प्लान्ट जडान गरेका छौँ, लामो अनुभवी दक्ष मेकानिक्सको व्यवस्था हामीले गरेका छौँ, अत्याधुनिक प्रबिधिमार्फत मर्मत सेवा र राजमार्गमा कुनै पनि ठाउँमा सवारी बिग्रिएमा तत्काल मर्मतको व्यवस्था हामीले उपलब्ध गराउनेछौ’ हालै संचालनमा आएको सिद्ध मनकामना वर्कशपका संचालक भट्टराईले बताए ।
साथै वर्कशपले सवारीसाधन खरिद, बिक्री तथा भाडामा समेत उपलब्ध गराउने उनले जनाए ।