मिस टिन इन्टरनेशनल २०२३ को लागि कम्बोडियाको नोम पेन्हमा नेपालको प्रतिनिधित्व गर्दै अनमोल
News Desk
Jun-18 , 2023 तारिख 02:26 बेलुका

काठमाडौं।   मिस टिन इन्टरनेसनल नेपाल २०२३ अनमोल शर्माले कम्बोडियाको नोम पेन्हमा हुन गईरहेको मिस टिन इन्टरनेसनल २०२३मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्। एभरेष्ट इभेन्ट्सका प्रमुख कृष्ण श्रेष्ठ (रो बेन) ले नेपालको राजधानी काठमाडौंकी घर भई हाल प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम कलेजमामा अध्ययनरत मिस अनोमलको सहभागिता बारे पुष्टि गरे ।

श्रेष्ठका अनुसार यो सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय किशोर प्रतियोगिता हो । जून १६ देखी २५ तारिखसम्म हुन गर्यरहेको प्रतियोगितामा विश्वभरका धेरै अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले सहभागिता जनाउने उनले बताए। 

साथै, श्रेष्ठले मिस टिन इन्टरनेशनल नेपाल एभरेष्ट इभेन्ट्स अफिसियल पेज मार्फत मिस टिन इन्टरनेशनलमा आफ्नो यात्रालाई सहयोग र फलो गर्न अनुरोध गरेका छन् ।

धेरै पढिएको