लुईटेलको ठगी धन्दाबाट को को भए आजित ?
News Desk
Jun-22 , 2023 तारिख 10:22 बेलुका

 

काठमाडौं । पाल्पाका भेषराज लुईटेलले केही उच्च पदस्थ व्यक्तिसँग निकटता बढाउदै नटवलरलाल शैलीमा ठगी धन्दा गर्दै आएको पाईएको छ । लुईटेलको ठगी धन्दाबाट धेरै मानिसहरु आजित बनेको भेटिएको छ । लुईटेलको ठगी धन्दाबाट आफुहरु पीडित भएको भन्दै दर्जनौं व्यक्तिहरूले प्रहरीमा उजुरीसमेत दिएका छन् । चुनावको टिकट, सरुवा–बढुवा देखी विदेशमा छात्रवृत्ति मिलाइदिने र ठूला ठेक्का समेत दिलाईदिने आश्वासन दिएर ठगी गर्दै आएको व्यहोरासहितको उजुरी लुँइटेल विरुद्ध बेला बेला पर्ने गरेको छ  । यस अघि      मुख्यसचिव शंकरदास बैरागी लगायतका अधिकारी र भारतीय दूतावासको आडमा उनले कमाउ धन्दा चलाउदै आएको पिडित पक्षको आरोप छ ।

निजबाट पिडित बन्नेमा ग्यालेक्सी स्कुलकी सञ्चालिका गीता राणाकी छोरी ज्योत्सना सिंह समेत छिन् । सिँहको काम गराइदिने भन्दै उनले लाखौं रकम लिए पनि काम गर्न नसकेपछि लुईटेलले नेपाल इन्भेष्टमेन्ट बैंकको चेक दिएका थिए । सो चेक बाउन्स भएपछि पीडितले प्रहरी परिसर, टेकुमा उजुरी दिईन । सिँहको उजुरीको आधारमा निजलाई प्रहरीले पक्राउ गरि बैकिङ् कसुरमा अदालतमा मुद्दा दायर गर्यो । काठमाडौं जिल्ला अदालतमा सिँहले दिएको मुद्दा नं २६५ २०६७ /०५ /१४ रहेको छ । सो मुद्दाको किनारा लगाउदै अदालतले लुईटेललाई दोषीसमेत ठहर गर्‍यो । उनीविरुद्ध चेक बाउन्सको उजुरी त्यतीमा रोकिएन् । पछि पनि थप केही व्यक्तिले उनी विरुद्ध चेक बाउन्सको निवेदन दिए । यद्यपि शक्तीकेन्द्रको आडमा उनी एक दुई दिनमै छुटदै गए । कतिपय व्यक्तिहरू प्रतिष्ठाका कारण उजुरी गर्न समेत नगएको पाईएको छ ।

त्यसो त लुईटेलको ठगी धन्दाबाट व्यापारी बिनोद चौधरी, एभरेष्ट होटलका सञ्चालक मशुर अहमद लारी, कालिञ्चोक केबलकारका सञ्चालक तथा लगानीबोर्डका सदस्य रहेका बालकृष्ण शिवाकोटीसमेत पीडित बनेका छन् । बबरमहलस्थित रिभिजिटेड होटल छेउमा जग्गा भएका रायमाझी थरका एक व्यक्ती समेतलाई लुइँटेलले पीडित बनाएका छन् । त्यस्तै, चुनावमा टिकट दिलाइदिने भन्दै उनले करोडौं लिएर फिर्ता नगरेको फेला परेको छ । त्यसरी पिडित बन्नेमा चितवनका केशबप्रसाद कँडेल रहेका छन् । पैसा माग्ने तर काम फत्ते नगर्ने नटवरलाल शैलीका लुईटेलसँग पछि रकम फिर्ता माग्दा कतिपयलाई भारतीय दूतावासबाट फोन गर्न लगाएर धम्काउने गरेको पीडित पक्षको दाबी छ ।

दूतावासका अधिकारी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका केही निकटस्थ व्यक्तिलाई प्रभाव पार्न सफल रहेसँगै उनको ठगी धन्धा फस्टाएको एक पिडितले बताए । मोदीसँग सिधा पहुँच भएको देखाउदै उनले नेपालका करोडपतिहरूलाई ठगी गरेको उनको दाबी छ । यसरी उनले ५० करोड भन्दा धेरै रकम असुल गरेको दाबी सहित एक पीडित भन्छन्,’ नेपाल सरकारका उच्च अधिकारीहरुको यस्ता व्यक्तिसँग निकटता रहेको देख्दा आश्चर्यचकित भएको छु, ठगी गरेको पैसाबाट उच्चपदस्थलाई उपहार दिने र त्यही आडमा संरक्षण खोज्ने प्रब्रित्ती त्यो ठगमा देखिन्छ । यसरी उ कानुनको पन्जाबाट उम्कदै आएको छ’ । आफैं उजुरी हाल्ने र मानिसहरुलाई धम्काएर फाइदा लिने उसको काइते धन्दा रहेको समेत बुझिएको छ । लुईटेलले लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुँदा केही व्यक्तिलाई बयानमा बोलाएर पैसा असुल्ने धन्दामा पनि संलग्न रहेको ति पिडितको भनाई छ । पिडितका अनुसार पँहुच विस्तार गर्न खप्पिस लुईटेलले पछिल्लो समय उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयकी सहसचिव राधिका अर्याललाई हातमा लिएर मन्त्रालय मातहतको संस्थानहरुसँग वार्गेनिङ गर्दै दु:ख दिने गरेको बुझिएको छ ।

धेरै पढिएको