जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि :राष्ट्रपति पौडेल
News Desk
Jun-29 , 2023 तारिख 06:49 बेलुका

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले  चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने बताउनुभएको छ । इस्लाम धर्मावलम्वीहरूको दोस्रो ठूलो पर्व बकर इदको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस पर्वले मुलुकमा धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझै मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै भन्नुभयो ‘यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुनेछ,’ ।

उहाँले बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुसलमानहरूमा शान्ति तथा समृद्धीको शुभकामना व्यक्त गर्दै यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने शुभकामना सन्देशमा उल्लेख गर्नूभएको छ।  उहाँले विविधताबीचको एकताले नै राष्ट्रिय एकताको भावनालाई प्रगाढ बनाउने विश्वास समेत व्यक्त गर्नुभयो।

धेरै पढिएको