जनअन्दोलन २०६२/६३ का घाइते गोकर्ण तिवारी चन्द्र शर्मा स्मृति सम्मान पुरस्कार-२०८० बाट सम्मानित
News Desk
Jun-30 , 2023 तारिख 05:39 बेलुका

दिपक पराजुली

हेटौडा। जननेता मदनभण्डारीको ७२ औ जन्मजयन्तीको अवसरमा जनअन्दोलन २०६२/६३ का घाइते गोकर्ण तिवारी श्री चन्द्र शर्मा स्मृति सम्मान पुरस्कार-२०८० बाट सम्मानित भएका छन्।मदन भण्डारी फाउन्डेशन मकवानपुर र शहिद स्मारक बिकास समितीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा तिवारी सम्मानित भएका हुन।बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले घाइते तिवारीलाई नगद रु २५ हजार र सम्मान प्रत्र सहित सम्मान गर्नु भएको हो ।

हेटौडा -८ कमाने निवासी तिवारी जनअन्दोलनको क्रममा काठमाण्डौमा पेट र खुट्टामा गोलि घाइते भएका थिए । घाइते भइ उपचार पछि पनि बिभिन्न संघ संस्थामा सक्रिय तिवारीलाई योगदानको कदर गर्दै सम्मान गरिएको बताइएको छ। यसगरी मदन भण्डारीको ७२ औ जन्म जयन्तिको अवसरमा बिहिबार शहिद स्मारकमा रहेको स्वर्गीय मदन भण्डारीको प्रतिमामा माल्यार्पण गरि श्रद्दासुमन अर्पण गरिएको छ। फाउन्डेशनले सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत हाजिरी जवाफ ,रक्तदान ,बृक्षारोपण लगायतका कार्यक्रम आयोजना गरको थियो।

मदन भण्डारी फाउन्डेशन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता र बागमती प्रदेशका प्रमुख मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य देबी ज्ञवाली ,केन्द्रिय सदस्य रामेश्वर राना ,संबिधान सभा सदस्य अनन्त पौडेल ,बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ का साथै केदार न्यौपाने ,बद्रि लम्साल ,श्रीधर पोखरेल,नबिन सिग्देल, लगायतको उपस्थिति रहेको थियो।

धेरै पढिएको