डेरी एसोसियसन र रोटरी क्लब कपनको को आयोजनामा दहि चिउरा कार्यक्रम सम्पन्न
News Desk
Jun-30 , 2023 तारिख 05:50 बेलुका

 काठमाडौं । नेपाल डेरी एसोसियसन बागमती प्रदेश कमिटी र रोटरी क्लब अफ कपनको संयुक्त आयोजनामा दहि चिउरा कार्यक्रम सम्पन्न भएको छ । एसोसियसन र क्लबले १५ असारको पूर्व सन्ध्या पारेर असार १४ गते दहि चिउरा कार्यक्रम आयोजना गरेका हुन ।

सो अवसरमा नेपाल डेरी एसोसियसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले दहि चिउरा खाने परम्परा, यसको सांस्कृतिक एवम् स्वास्थ्य सम्बन्धी सचेतना बारे जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनु भयो । साथै उहाँले दैनिक ३१ लाख लिटर दहि खपत हुने गरेको र असार १५ मा ६० लाख खपत हुने प्रक्षेपण गरि दश दिन देखी तयारी गरि स्टक राखिएको जानकारी समेत दिनुभयो ।

कार्यक्रममा नेपाल डेरी एसोसियसन केन्द्रिय, बागमती प्रदेश, ललितपुर र काठमाडौं कमिटी र रोटरी क्लब अफ कपनसम्बद्ध सदस्य, संचारकर्मी आदीको उपस्थिती रहेको थियो ।

धेरै पढिएको