एनआरएनए एनसीसी युएसको सचिव पदमा (ब्यास बिस्सु) विश्व सुबेदीको उम्मेदवारी
News Desk
Jul-14 , 2023 तारिख 06:35 बेलुका

दमौली, असार २८ गैरआवासीय नेपालि संघ, राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसिसि युयसको २०२३–२०२५ कार्यकालको सचिव पदका लागि तनहुँका विश्व सुवेदीले उम्मेदबारी घोषणा गरेका छन् । तनहुँको भिमाद नगरपालिका –६ निवासी सुवेदीले एनआरएनए एनसिसि युएसए आगामी निर्वाचनकोलागि सचिव पदमा उम्मेदबारी घोषणा गरेका हुन् ।

तनहुँमा जन्मिएर अध्ययनको सिलसिलामा अमेरिका पुगेका सुवेदीले बिगत १३ वर्ष देखि प्रोफेसनल इन्जिनीरिंग र आईटीका काममा व्यस्त रहेका छन्, समाजसेवी तथा सहयोगीको छुटै छवि वनाएका ूव्यास विश्वु ू विषेश गरि युवापुस्ताहरुलाई हरेक क्रियाकलापमा अगाडी बढाउनुपर्छ भन्ने धारणासहित विभिन्न कार्यक्रमहरुमा तल्लिन सुवेदी युवापुस्तामा लोकप्रिय देखिन्छन् ।तनहुँ घर भएर पोखरामा स्कूलिंग गरेका ब्यास बिस्सुको नेतृत्वमा हरेक वर्ष को जुलाई ४ को स्वतन्त्र दिवस को तिन दिने वीकेंडमा नेपलिज अमेरिकन कन्भेन्सन आफ्नै नेतृत्व मा २०१६ देखि आयोजना गर्दछन,उक्त कन्भेन्सन मा बिसेस गरि युवा वर्ग हरुलाई समेटिने खेलकुद र खेलकुद मा पनि फुटबल को आयोजना हुने गर्दछ।

गत हप्ता टेक्सासको डल्लासमा आयोजना बएको छैठौ नेपलिज अमेरिकामा कन्भेन्सन भब्यताका साथ् सम्पन्न भएको थियो जहाँ पहिलो हुने फुटबल टिमले नगद १५,०००४ र दोस्रो हुने टिमले नगद ७,०००४ को भारि पुरस्कार प्राप्त गरेका थिए । सायद यति ठुलो कार्यक्रम त एनआरएनले गर्नुपर्ने हो, तर यहाँ एक्लो व्यक्तीको पहलमा भईरहदा पक्कै गाह्रो त हुन्छ, सायद यो कारणले नै ब्यास बिस्सुू आफु एनआरएनमा गएर यस्ता गतिबिधि एनआरएनको बार्षिक कार्यक्रममा राख्ने योजनाका साथ् सचिब पदमा आफ्नो उम्मेदवारी दिएका छन्।

२०१३ मा आफु अमेरिका आएको १० वर्षमा  एफ वान ग्रुप खडा गरेर अमेरिका भरि रहेका बिद्यार्थी भिसामा आएकाहरुलाई ४१००० का दर ले ६ जना बिद्यार्थीलार्इ छात्रवृति प्रदान गरेका थिए । ११ उक्त एफ वान ग्रुपले नेपालकोका विद्यालयमा पुस्तक, ल्यापटप आदि प्रदान गरेको  थियो । १२०७२ को महाभूकम्प बेला, ब्यास बिस्सु छुट्टिको समयमा नेपालमै थिए । भुकम्प आएको दिनको भोलि पल्ट, स्थानिय युवा क्लब भिमादलाई आबद्द गरेर आफ्नो नेतृत्वमा एक महिना राहत वितरणमा उनी सकृय रहे ।  भुकम्पले क्षतीग्रस्त विभिन्न जिल्लाहरुमा राहत बाड्ने काम बिस्सुले गरेका थिए ।  

हरेक दिन विभिन्न जिल्लामा गई, ूहामी आउदै छौू भन्ने बेनर ट्रक मा अगाडी टासेर आफ्नो मातृभूमिलाई आपतको बेला उनी राहतमा सहभागी भए । अमेरिकाबाट पठाईएको सहयोगको पारदर्शी तबरले काम  गरेका थिए । यसै सिलसिलामा राहत बाड्न जाने क्रममा गोर्खाको साबिक तान्द्रंग गाबिसमा रहेको स्कूलको भवन भत्किएको थियो । ११ बाल बच्चाहरुलाई स्टेशनरी बाड्ने क्रममा आफ्नो स्कूलको भवन भत्किएको बिद्यार्थीहरुले जानकारी गराएका थिए ।  भुकम्पको राहत बाडेर अमेरिका गए लगत्तै मिस नेपाल केलिफोर्निया कार्यक्रम गरेर उनले राहत जम्मा भएको २३ लाखको लागतमा गोरखा मा ५ कोठे भवन बनाएका थिए । उक्त भवन नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक रमेश खरेलले उद्घाटन गरेका थिए । 

कला, चलचित्र क्षेत्रमा रुची राख्ने व्यास विश्वुले अमेरिकामा रहेका नेपालीहरुको जीवन, विशेष गरि बिद्यार्थीहरुको विषयलाई लिएर गत वर्ष”लाइफ इन एलएूू ूनामक नेपाली चलचित्र बनाएका थिए । अमेरिकाको धेरै शहरहरुमा उक्त सिनेमा प्रदर्शन भएको थियो र दर्शकहरुले निकै नै मनपराएका थिए । 

लस एञ्जलसमा हरेक वर्ष विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु गर्दै आएका व्यास विशु हरेक महिना न्युवर्क,बाल्टिमोर, भर्जिनिया, टेक्सास त कहिले सन् फ्रान्सिस्को जताततै घुम्दै र नेपाली हरुसंग हातोमेलो गर्दै परोपकारी काममा सकृय हुदै आएका छन् । 

धेरै पढिएको