अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू काठमाडौंमा
News Desk
Jul-14 , 2023 तारिख 06:46 बेलुका

 काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् ।विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन् ।

लूले आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नेछन् भने नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ने कार्यक्रम छ ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  बेलुकी ६ बजे बालुवाटारमा  भेट गर्ने कार्यक्रम तय भएको छ । प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति समवेदना व्यक्त गर्ने, अन्य कुनै पनि राजनीतिक र कूटनीतिक विषयमा छलफल नहुने कार्यक्रम मात्रै रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

धेरै पढिएको