News Desk
काठमाडौं । निर्माण व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचिमा राखेको, मजदुरलाई पारिश्रमिक दिन नसकेको लगायतका समस्या झेल्नुपरिरहेको भन्दै तत्काल रकम उपलब्ध गराउन माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन।
शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा भेला भएका निर्माण व्यवसायीहरुले आफूहरुको रकम रोकेको भन्दै अर्थमन्त्री डा प्रकाशशरण महतको राजीनामा समेत मागे गरे ।
अर्थमन्त्री, अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीहरुले निर्माण व्यवसायीहरुलाई भुक्तानी गर्ने प्रतिवद्धता जनाएपनि असार मसान्तसम्म निर्माण व्यवसायीले गरेका कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।उनले सरकारले भुक्तानी गर्न नसके तत्काल त्यस्ता आयोजनाहरु खारेज गर्नुपर्ने माग राखे।
बिरोध कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष रामजी पन्तले निर्माण सम्बन्धी सम्झौता सरकारले गर्ने र व्यवसायीहरुलाई बजारबाट ऋण उठाएर निर्माण गर्न लगाउने तर सरकारले भुक्तानी नदिँदा निर्माण व्यवसाय नै धरापमा परेको उल्लेख गरे ।
व्यवसायीहरुले माइलस्टोनको व्यवस्था तुरुन्त खारेज गर्, मूल्य समायोजन तुरुन्त कार्यान्व्यन गर्, असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर्, निर्माण कार्यको म्याद थप गर्, व्यवसायीले आत्मदाह गर्ने क्रम बन्द गराउ लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए ।