News Desk
चालिसे गैर–आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद सदस्यमा निर्वाचित
काठमाडौं । बेलायतलाई कर्मभुमी बनाउदै आउनुभएका बिष्णु चालिसे प्रवासी नेपालीहरुको साझा संस्था गैर–आवासीय नेपाली संघको अन्तराष्ट्रीय समन्वय परिषद सदस्यमा निर्वाचित हुनुभएको छ । आवासिय नेपालि संघ बेलायत (NCC UK ) को २२ जुलाईमा सम्पन्न निर्वाचनबाट उहाँ संघको अन्तराष्ट्रीय समन्वय परिषद सदस्यमा निर्वाचित हुनुभएको हो । निर्वाचित भएसँगै उहाँले विज्ञप्ती जारी गर्दै सम्पुर्ण बेलायतवासी नेपाली समुदाय रवैया एन आर एन ए सम्बद्ध सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।
‘गैर आवासिय नेपालि संघ बेलायत (NCC UK ) को हिजो शनिबार 22 जुलाइमा भएको निर्वाचन सौभाद्रपुर्ण तरिकाले सु सम्पन्न भएको छ । संस्थालाइ बलियो बनाइ दिगो राख्ब्न लागि सद्स्य लिनु भइ आफ्नो अमुल्य मत दिनुहुने सम्पुर्ण बेलायत वासी पन्जिकृत सदस्य ज्युहरुमा हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछु’ चालिसेले धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्ने क्रममा उल्लेख गर्नुभएको छ ।
बेलायत बसाईका क्रममा विभिन्न व्यक्तीको साथ सहयोग र सल्लाहले आफुले विभिन्न सामाजिक संघ संस्थामा जिम्मेवार पदमा आवद्ध भएर काम गर्ने अवसर पाएको र आफुले गरेका गतिविधिबारे पाएको माया ,सकारात्मक प्रतिक्रियाबाट थप हौसला मिल्ने गरेको चालिसेले बताउनुभएको छ।