News Desk
काठमाडौँ । नेपाल ब्युटिसियन संघले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत वन्दना कर्णले व्युटिसियन पेसामाथि आँच आउने कार्य गरेको भन्दै आपत्ति जनाएको छ । सोमबार रिर्पोटर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरि संघले आपत्ति जनाएको हो । पत्रकार सम्मेलनका क्रममा संघले सुष्मा महराले चाबहिलस्थि केएल टावरमा सञ्चालन गरेको फेसियल हाउसमा सेवा लिन आएकी शाखा अधिकृत कर्णले आफूहरुको पेशा तथा व्यवसायमाथि नै आँच आउने गम्भीर आरोप लगाएको जानकारी गराएको छ ।
शाखा अधिकृत कर्णले फेसियल हाउसमा राखिएको सिसी क्यामेराले आफ्नो व्यक्तिगत गोपनीयतामाथि आँच आएको भनी महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी दिएको र उक्त उजुरीमा आवश्यक अनुसन्धान भई सहमति भइसकेता पनि पदको दुरुपयोग गर्दै पक्राउ गर्न दबाब दिएको संघले उल्लेख गरेको छ ।
पत्रकार सम्मेलनका क्रममा संघकी महासचिव शशि शाहले सहमतिपछि पनि शाखा अधिकृत कर्णले आफ्नो पदीय दुरुपयोग गरी प्रहरी प्रशासनलाई प्रभावमा पारेर सुष्मा महरालाई फेरि झुटा मुद्दा लगाउन जोडबल गर्नु निन्दनिय रहेको बताईन् ।
‘मन्त्रालय मातहतको कर्मचारी भएको नाताले आफ्नो पदीय दुरूपयोग गरी गृह मन्त्रालय, गृहसचिव तथा महानगरीय प्रहरी परिसर, टेकुलाईसमेत आफ्नो प्रभावमा पारी एकपल्ट सहमति गरेको विषयमा हाम्रो यस संघका आजीवन सदस्य सुष्मा महराज्यूलाई पुनः झुठा मुद्दा लगाई प्रहरीमार्फत तत्कालै प्रक्राउ गरी गैरकानुनी रूपमा थुनामा राख्नका लागि जोडबल गरिआएको कुरा जानकारी हुन आएकाले यस गैरकानुनी कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’–संघकी महासचिव शाहले भनिन् ।
फेसियल हाउसकी सञ्चालिका महराले सेवा लिन आएकी बन्दना कर्णले पैसा तिरेर निस्कने बेलामा उल्टो लाञ्छना लगाएको बताईन् । कर्णले सिंगो व्यवसाय र पेशाप्रति नै लाञ्छना लगाएको उनको भनाई छ । उनले आफूले गल्ती गरेको खण्डमा सजायका लागि तयार रहेको बताईन् ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय उपाध्यक्ष एवं नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट० काठमाडौं जिल्ला अध्यक्ष गंगा नकर्मीले पेशामाथि नै आँच आउने काम भएको भन्दै आपत्ति जनाईन् ।
नेपाल व्युटिसियन संघकी निवर्तमान अध्यक्ष भगवती खड्काले आफ्नो पेशारव्यवसायमाथि भएको आक्रमणमका विरुद्ध गत ३ गतेदेखि निरन्तर रुपमा लागिराखेको भएपनि कुनै ठाउँबाट सहयोग पाउन नसकेको र आफूहरुको पेशा व्यवसायमाथि राज्यले सम्मान गर्न नसकेको बताउदै सुनुवाई हुनेमा विश्वास व्यक्त गरिन् ।
शाखा अधिकृत कर्णले सुनियोजित रूपमा दुःख, हैरानी दिई पेशा तथा व्यवसाय नै बन्द गराउनका लागि राज्य शक्तिको दुरूपयोग गरेको संघको आरोप छ । संघले शाखा अधिकृत कर्णको यस्तो कार्य अविलम्ब रोकी उनलाई कारबाहीको माग गरेको छ ।
‘निज बन्दना कर्णले गरेको यस्तो गैरकानूनी क्रियाकलापलाई अविलम्ब रोकी कानुन हातमा लिनेलाई तत्कालै निलम्वन गरी पदीय आचरणको दुरूपयोगको कार्यमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न तथा हाम्रो यस संघमा आवद्द रहनु भएका सदस्यहरुलाई सहज रुपमा सम्मानपूर्वक पेशा व्यवसाय संचालन गर्न आवश्यक वातावरण बनाईदिनुहुन सम्बन्धित् सरोकारवाला पक्षहरुसमक्ष संघ जोडदार माग गर्दछ,’– संघद्धारा जारी विज्ञप्तिमा थप भनिएको छ ।
नेपाल ब्युटिसियन संघ शाखा अधिकृत कर्णको उक्त कार्यविरुद्ध भोलि ९मंगलबार० बाट चरणबद्ध आन्दोलनमा उत्रिने भएको छ । भोलि विहान ११ बजे संघले माईतीघर मण्डलामा विरोध तथा धर्ना कार्यक्रम राखेको निवर्तमान अध्यक्ष खड्काले बताईन् ।