News Desk
काठमाडौं । अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत वन्दना कर्णले व्युटिसियन पेसामाथि आँच आउने कार्य गरेको भन्दै नेपाल ब्युटिसियन संघले विरोध प्रदर्शन गरेको छ ।संघका सदस्य सुष्मा महरामाथि गरेको दुर्व्यवहारलाई लिएर गृह मन्त्रालय पुग्दा पनि गुनासो सम्बोधन नभएको भन्दै व्यवसायीहरुले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।
कर्मचारीले धाकधम्की दिएको देख्दादेख्दै पनि मन्त्रालयले कारबाही नगर्नु झनै दुःखद् भएको संघकी निवर्तमानअध्यक्ष भगवती खड्काले बताइन् ।
महराले चाबहिल स्थित केएल टावरमा सञ्चालन गरेको फेसियल हाउसमा सेवा लिन आएकी शाखा अधिकृत कर्णले आफूहरुको पेशा तथा व्यवसायमाथि नै आँच आउने गम्भीर आरोप लगाएको भन्दै संघले सोमवार पत्रकार सम्मेलन गरेको थियो ।





