News Desk
काठमाडौं आज हुन गईरहेको गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति जापान ( एनआरएनए- जापान) को ११ औं महाधिवेशनमा नेतृत्व चयनका लागि रस्साकस्सी चलिरहदा नविन निउरे र कर्साङ् तामाङ्को चर्चा चुलिएको छ । सामाजिक अभियानमा सकृय उनीहरु नेतृत्व चयनका लागि हुने निर्वाचनमा विजयी हुने संभावना ज्यादा रहेको सुत्रको दाबी छ।
निउरे र तामाङ क्रमश: अध्यक्ष र कोषाध्यक्ष पदका प्रत्यासी छन् । दुवै जना सम्मिलित समुहमा जुझारु व्यक्तिहरु उम्मेदवार रहेकाले समुहकै जित सहज रहेको चर्चा चुलिएको छ ।