कुलमोहरमा पहिरो झर्यो, अवरुद्ध सडक खुलाउने प्रयास जारी
News Desk
Aug-07 , 2023 तारिख 04:22 बेलुका

दाङ-२२ श्रावण

 लमही घोराही सडक खण्ड अवरुद्द भएको छ । लमही नगरपालिका-६ कुलमोहरमा पहिरो झरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

गत बर्ष असोजमा पनि सोही स्थानमा ठूलो पहिरो झरेको थियो । यसपाली पनि पानी पर्दा त्यस स्थानमा पहिरो झर्दै आएको छ ।

पहिरो पञ्छ्याउने काम चलिरहेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले जेसिवीसहित सुरक्षाकर्मीहरु पहिरो हटाउन खटिएका छन् ।

धेरै पढिएको