खुशी कार्की जिताउन एनआरएनए थाइल्यान्डको जम्बो टोली नेपालमा
News Desk
Aug-16 , 2023 तारिख 06:43 बेलुका

काठमाडौँ,गैरआवासिय नेपाली संघ एनआरएनए थाइल्यान्डको प्रतिनिधीमन्डल नेपाल आएको छ । एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेत ,एनआरएनए अभियन्ता एबं थाई नेपाली संघका पुर्व अध्यक्ष कुमार कार्की , थाई नेपाली संघका अध्यक्ष वात्सना राई लगायतका एनआरएनए थाइल्यान्डका प्रतिनिधि मंडल इन्ट्रा फाउन्डेसनले आयोजना गरेको डान्सिङ रियालिटी शो “मेरो डान्स युनिभर्स” को एनआरएनए थाइल्याण्डको प्रतिनिधित्व गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित बनाउनु भएकी खुशी कार्की जिताउन जम्बो टोली नेपाल आइपुगेका छन ।

थाइल्याण्डको अडिसन हुँदा खुसीले ‘गुराँस फूल्दा वनै रमाइलो’मा डान्स गरेकी उनी नेपाल अडिसनका लागि चट्ट रुमाल’ गीतमा प्रस्तुति दिँदै अगाडि बढेकी थिईन । खुशीको नृत्य र अडियन्सको भोटले फाइनल सम्मको यात्रा तय गरिसकेकी छिन ।“मेरो डान्स युनिभर्स’ कार्यक्रम नेपाल टेलिभिजन प्लसबाट प्रशारण भइरहेको छ । शीर्ष ६ मा पर्न सफल खुसी कार्कीलाई अत्याधिक मत दिई विजयी गराउन एनआरएनए थाईल्यांड़ले अनुरोध गरेको छ । विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये छनोट भएका नृत्यका ५० प्रतियोगीलाई उछिन्दै खुशी शिर्ष ६ स्थानमा पुगेकी छिन ।

नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीहरुबीच सांस्कृतिक एकता कायम गर्न , मातृभूमि सँग दोश्रो पुस्ताका नेपाली तथा नेपालीभाषी गैर आवासीय नेपालीहरुलाई जोड्न गायन र नृत्यका यी दुई प्रतियोगिताको आयोजना गरेको आयोजकले बताएको छ ।

पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ को फिनाले आगामी भदौ २ गते हुँदैछ ।

धेरै पढिएको