अब कस्तो एनआरएनए बनाउने भन्नेमा बहस गरौं : उपाध्यक्ष क्षेत्री
News Desk
Aug-16 , 2023 तारिख 06:51 बेलुका

काठमाडौं–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आगामी कार्यकालका लागि निर्वाचन नजिकिदैछ । यसै सन्दर्भमा वर्तमान उपाधयक्ष डिबी क्षेत्रीले एनआरएनए सुधारका लागि विभिन्न सुझाव दिएका छन् । क्षेत्रीले १८ महिने कार्यकालको अन्त्यतिर आएर हेर्दा एनआरएनएको यो टिमले २० बर्षदेखि थाती रहेका मुद्दामा सफल अवतरण गराएको उल्लेख गर्दै कार्यान्वयनमा अझै मेहनतको आवश्यकता रहेको बताए ।‘अब सफल विश्व सम्मेलन गरि बिदा लिने र नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गर्ने मुख्य जिम्मेवारी पूरा गर्ने अभिभारा बाँकी नै छ । एनसीसीहरूका निर्बाचन सफलताका साथ सकिएको छ । आईसीसीका उम्मेदवारहरूलाई अग्रिम शुभकामना !! तर, अब काठमाडौंमा कस्तो एनआरएनए बनाउने बहस गरौं ब्यक्ति को बनाउने भन्ने हैन !’, क्षेत्रलीले बताएका छन् ।

उनले उम्मेदवारहरुले १ महिने बहसको थालनी गर्दै बहसबाटै आफ्ना घोषणापत्रहरूको ब्याख्या गरेर पब्लिकको मन जित्न र निर्बाचित हुन सुझाव दिएका छन् । ‘अरुका कमजोरी खोजेर भाडाका बिष्लेशक र प्रचारक नखोजौं, समाजिक संबादको स्तर खस्कँदो छ यस्को ख्याल गरौं सभ्यता र सच्चाई नै नेपालीको गहना थिए । ती सच्चाई कता जाँदैछन भन्ने हेक्का राखेर बोलौं । ११ औं महाधिवेशनमा लाञ्छाना लगाउने हरूले आफु सफाचट भएको पब्लिक र निकायहरू बाट क्लिन चिट ल्याएरमात्र अरूलाई आरोपित गरौं । यो धर्तीमा न कोही १०० प्रतिशत चोखो छ न सबै गलत । मात्रामा कमी बढी हो नत्र अरुलाई १ औंला देखाउँदा आफुतिर बाँकी ४ औंला ठडिएलान’, क्षेत्रलीले उल्लेख गरेका छन् ।

क्षेत्रीले मुद्दामा होसियार बन्दै सक्ने काम गर्ने र आफुले बुझेका कुरामात्र छाप्ने रंग्याउने गर्न, खेताला लगाएर कनिकुथी लेख्ने हैन जति सकिन्छ त्यतिमात्र बोलौं भनेका छन् । ‘बजेट, सयय, क्षमता अनि लजेस्टिकको भरपुर ख्याल गरौं बोल्ने र बिर्सने नगरौं । पोलिसीमा काम गरौं, मुद्दामा सहमत बनौं व्यक्तिमा हैन ।’Let’s focous what is right not who is right’! बिषय उठान गर्दा बटम–अपमा जाऊँ, कार्यान्वयन अप बटममा लैजाउ । आज निर्देशन मान्नेको कमी छ तर मुद्दा उठान भैसकेपछि सबै सहभागी भए अपनत्वको भाव हुन्छ भने कार्यान्वयनमा सहजता आउँछ,’ क्षेत्रीले भने ।

धेरै पढिएको