बदनियतपूर्ण भ्रमहरुबाट कोही पनि भ्रमित नहुन एनआरएनए दक्षिण कोरियाका निवर्तमान अध्यक्ष दिपक पुनको अनुरोध
News Desk
Aug-17 , 2023 तारिख 07:02 बेलुका

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको निवर्तमान अध्यक्ष दिपक पुनले बदनियतपूर्ण भ्रमहरुबाट कोही पनि भ्रमित नहुन अनुरोध गरेका छन् । सबै नेपाली दाजुभाई तथा दिदीबहिनी एवं विदेशमा रहनुभएका गैर आवासिय नेपाली समुदयाहरुमा आफ्नोबारेमाबारे केही सञ्चार माध्यमहरुले गरेको बदनियतपूर्ण भ्रमहरुबाट कोही पनि भ्रमित नहुन पुनले अनुरोध गरेका हुन् ।

पुनले केही मिडिया मार्फत मार्फत यहि मिति २०८०।०४।३१ गते एनआरएनए कोरियाका निवर्तमान अध्यक्ष पुन नेपालमा रंगेहात पक्राउ शिर्षकमा समाचार प्रकाशन गरी भ्रम फैलाएको समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
केही मिडियाले बागलुङ घर भएका पुन कोरियाबाट दुई दिन पहिले नेपाल आएर गंगबु क्षेत्रमा एक महिलासँग अवैध क्रियाकलाप गरिरहेको बेला श्रीमति र छोरीको सहयोगमा प्रहरीले रंगेहात पक्राउ गरेको भनि खेदजनक समाचार सम्प्रेषण गरी मेरो चरित्र हत्या गर्ने वदनियतले प्रकाशन गरेको उक्त समाचारमा कुनैपनि सत्यता नभएको समेत उनले स्पष्ट पारेका छन् ।

‘आदरणीय जनसमुदायहरु मलाई न प्रहरीले पक्राउ गरेको छ न म उक्त क्रियाक्लापमा संलग्न भएको छु । सो मिडियाले कुन प्रमाणका आधारमा किन र के प्राप्तीका लागि समाचार प्रकाशन गरेको हो म आँफै अन्योलमा छु । यसको कानूनी उपचारको खोजी गर्ने नै छु । मेरा बारेमा प्रकाशन गरेको भ्रमपूर्ण समाचारबाट कोहीपनि भ्रममा नपर्नुहुन अनुरोध गर्दछु । साथै प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ लगायतका विभिन्न मानवअधिकार संघ संगठनलाई समेत यस समाचारबाट मेराप्रति पर्न गएको असरबारे गम्भिर भइदिनुहुनका लागि ध्यानाकर्षण गराउँदछु’, उनले उल्लेख गरेका छन् ।

धेरै पढिएको