एक महिनादेखिको सदन अवरोध अन्त्य
News Desk
Aug-23 , 2023 तारिख 10:56 बेलुका

काठमाडौं, ६ भदौ । एक महिनादेखिको सदन अवरोध अन्त्य भएको छ । गत १० साउनदेखि एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति वा आयोग गठन गर्नुपर्ने माग राखेर सदन अवरुद्ध गर्दै आएको थियो ।बुधबार दलहरुबीच आयोग गठन गर्ने सहमति भएपछि सदनको अवरोध अन्त्य भएको हो ।

राष्ट्रिय दल मान्यता प्राप्त दलहरुको बैठकले सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने सहमति भएको छ । उक्त सहमतिबारे प्रतिनिधिसभा बैठकको सुरुमै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कार्ले  जानकारी गराएका छन् । 
 

धेरै पढिएको