भाद्र १९ गते “ब्रेक थ्रु विथ रोहित मल्ल” युवा उत्प्रेरणात्मक कार्यक्रम हुने
News Desk
Aug-29 , 2023 तारिख 11:26 बेलुका

 

काठमाण्डौं । गैरनाफामुलक सामाजिक संस्था युनिर्भसटी अफ थ्रि जेनेरेसनले “ब्रेक थ्रु विथ रोहित मल्ल” नामक एक दिने युवा उत्प्रेरणात्मक कार्यक्रम संचालन गर्ने भएको छ । यहि भाद्र १९ गते मंगलबारका दिन काठमाण्डौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा कार्यक्रम संचालनमा आउन लागेको हो । युवावर्गमा विद्यमान समस्याहरुलाई समाधान गर्दै सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने सन्देशमा यस कार्यक्रम केन्द्रित रहने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा मुख्य वक्ताको रुपमा युवा मोटिभेसनल स्पिकर रोहित मल्ल रहेका छन् ।

मोटिभेसनल स्पिकर मल्लले विगत ७ वर्ष देखि देशका विभिन्न स्थानहरुमा पुगेर उत्प्रेरणात्मक कार्यक्रम संचालन गर्दै आइरहेका छन् । मल्लको मुख्य प्रस्तुतीमा “संघर्ष, सम्भव छ तथा निडर” जस्ता देशव्यापी मोटिभेसनल सेमिनार सम्पन्न भइसकेका छन् । विशेषतः युवा वर्गमा आफनो करियरमा के बन्ने, सम्बन्ध कसरी कायम राख्ने, लागुपदार्थ दुव्र्यसन बाट कसरी पर रहने जस्ता विषयहरुमा अथाह
दुविधा रहेकाले उनीहरुलाई सकरात्मक कार्यका लागि उत्प्रेरित गर्न यस कार्यक्रमको आयोजना गर्न लागिएको युनिर्भसटी अफ थ्रि जेनेरेसनले उल्लेख गरेको छ । 

तिन पुस्ता –बालक, बयस्क र बृद्धलाई एक आपसमा अन्तरक्रिया गराउदै सिक्ने र सिकाउने यात्रालाई नेतृत्वगरिरहेको सामाजिक संस्था युनिर्भसटी अफ थ्रि जेनेरेसन आयोजक रहेको यस कार्यक्रममा राइट पाथ इजुकेशन कन्सल्टेन्सी प्रमुख प्रायोजक रहेको छ । यस कार्यक्रममा अतिथि वक्ताका रुपमा नेपाल राष्ट्र बैकका पूर्व अधिकारी ,विभिन्न बैकहरुमा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसक्नुभई हाल नविल बैक लि. का डि.सि.इ.ओ बैकर तथा सि.ए. मनोज ज्ञवाली, कमेडियन तथा युवा राजनितिज्ञ हिमेश पन्त, पूर्व मिस नेपाल अस्मी श्रेष्ठ, उद्यमी विष्णुहरि पाण्डे, उद्यमी सिंह बहादुर मोक्तान, युवा नेता अब्दुस मियाँ तथा सामाजिक अभियान्ता÷राजनितिज्ञ पुकारबम अतिथि बक्ताको रुपमा सहभागी रहनेछन ।

भाद्र १९ गते विहान १० बजेदेखि सुरु हुने यस कार्यक्रममा करिब १५०० जना युवाहरुको उपस्थिति रहने आँकलन युनिर्भसटी अफ थ्रि जेनेरेसनको रहेको छ ।

धेरै पढिएको