News Desk
सिन्धुपाल्चोक । फुर्लिमा फाउन्डेसनले आफनो बार्षिक उत्सव मनाउने क्रममा सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका ६ याङ्गलाकोट स्थित श्री जलदेवी माध्यमिक विद्यालयलार्इ खेलकुद सामाग्री वितरण गरेको छ । दिबंगत आमा फुर्लिमा शेर्पाको स्मृतिमा स्थापित यो संस्थाले बालबालिकाहरुको सर्वाङ्गीण विकास, नेतृत्व क्षमता विकास एवमं चरित्रवान तथा नैतिकवान युवा तयार गर्नेमा जोड दिदै आएको फुर्लिमा फाउन्डेसनका अध्यक्ष मिङ्मा शेर्पाले बताउनु भयो । कार्यक्रम स्थानियलाई प्रोत्साहन गर्न तथा उनीहरुको क्षमता विकासमा सहयोग पुर्याउने लक्ष्यका साथ सम्पन भएको शेर्पा बताउनुहुन्छ ।
खेलकद सामग्रि बितरण कार्यक्रममा श्री जलदेवी मा बि का प्रधानाध्यापक तथा कार्यक्रम का सभापति धनराज तामाङले खेलकुद सामग्रिले बिद्यार्थीमा नयाँ उर्जा थपिने तथा बाल बालिकाहरुको खेल प्रति दक्षता बृद्धि हुने कुरा राख्नु भयो। कार्यक्रममा बिभिन्न प्रकारका खेलकुद सामग्रिहरु जस्तै टेबल टेनिस बोर्ड, टेबलटेनिस ब्याट र बल, भलिबल, भलिबल नेट, आदि सामग्रि बितरण गरिएको थियो।
फुर्लिमा फाउन्डेसनले यस कार्यक्रमको आधारमा विद्यार्थीहरुको खेलकुदका लागि आवश्यक सामग्रि प्रदान गर्दै आगामी दिनहरुमा उनीहरुको क्षमता विकासमा महत्वपूर्ण भूमिका निभाउने योजना बनाएको फाउन्डेसनका अध्यक्ष मिङ्मा शेर्पाले बताउनुभयो।




