वीरगञ्जलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा महानगर प्रमुख सिंहले दिए जोड
News Desk
Sep-05 , 2023 तारिख 07:16 बेलुका

 

Dipu Kumar BarnawalReport by: Dipu Barnwal 

वीरगञ्ज - वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिएका छन् । आर्थिक नगरीको रुपमा परिचित वीरगञ्जलाई आर्थिक रुपमा सबल बनाउनका लागि महानगरले काम गरीरहेको महानगर प्रमुख सिंहको भनाई छ । मंगलवार भारत गुजरातको क्लस्टर पल्स इकोनोमिक डेभलपमेन्ट का संस्थापक एवम् अध्यक्ष डा. जगत शाहसँगको भेटवार्ताका क्रममा उनले आर्थिक क्षेत्रको सुधार बिना अन्य क्षेत्रमा विकास गर्न नसकिने धारणा राखे । औद्योगिक एवम् आर्थिक नगरी वीरगञ्जमा डा. शाहलाई स्वागत गर्दै उनले समृद्धि र विकासका लागि आर्थिक, भौतिक एवम् नीतिगत सहयोग र सहकार्यका लागि महानगर तयार रहेको बताए ।

डा. शाहले पनि भारतको तर्फबाट दीगो उपलब्धी हुने खालका योजनामा लगानी गर्न तयार रहेको बताउँदै त्यसको लागि वातावरण निर्माण गर्न आग्रह गरेका छन् । नेपाल र भारतबीचको रोटीबेटीको सम्बन्ध रहेको स्मरण गर्दै उनले भारतीय लगानी ल्याउने वातावरण बनाउनुपर्ने आवश्यक्ता औल्याए । सो अवसरमा वीरगञ्ज महानगरपालिकाका आर्थिक सल्लाहकार एवम् नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्य, वरिष्ठ पत्रकार एवं विश्लेषक चन्द्रकिशोर झा, भारतीय दुतावास वीरगञ्जका प्रतिनीधि लगायतको उपस्थिती रहेको थियो ।

 

 

धेरै पढिएको