News Desk
दमौली । म्याग्दे गाउँपालिकामा कार्यरत स्थानीय सेवाका कर्मचारीहरुले यस बर्षको निजामति सेवा दिवस बहिष्कार गर्ने भएका छन् । स्थानीय तहमा कार्यरत स्थानीय सेवाका कर्मचारीहरुलाई निजामति कर्मचारी परिभाषामा नसमेटिएको भन्दै म्याग्दे गाउँपालिकामा कार्यरत स्थानीय सेवाका कर्मचारीहरुले निजामति सेवा दिवस बहिष्कार गर्ने घोषणा गरेका हुन् ।
यसैबीच म्याग्दे गाउँपालिकामा कार्यरत स्थानीय सेवा तर्फका कर्मचारीहरुले भाद्र २२ गते मनाईने निजामति सेवा दिवस कार्यक्रममा आफूहरुको सहभागिता नरहने जानकारी गराउँदै प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानालाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा ७ बुँदे माग राखिएको छ ।