५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
News Desk
Sep-06 , 2023 तारिख 07:52 बेलुका

काठमाडौँ । सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा आजदेखी ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्‍न ठाउँमा निर्माण गरेका उक्त चार्जिङ स्टेसन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयूक्त रुपमा उद्घाटन गरेका हुन् । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत यी स्टेसनहरु निर्माण गरिएको हो । करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनहरुले सवारी साधन छिटो चार्ज गर्न सक्ने क्षमता राख्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार २६ वटा चार्जिङ स्टेसनमा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा सानार ठूला कारहरु चार्ज गर्न मिल्नेछन् । चार्ज गर्दा प्रतिकिलोमिटर दूरीका लागि कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा १ रुपैयाँ २० पैसा खर्च लाग्छ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्ने प्राधिकरणले जनाएको छ ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०र६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधन एक साथ चार्ज गर्न सकिनेछ ।


उद्घाटन अवसरमा मन्त्री बस्नेतले विद्युतीय सवारी साधनहरुको प्रवर्द्धन र विस्तारको लागि आवश्यक सहुलियत प्रदान गर्न र अनुकुल वातावरण बनाउन सरकार तयार रहेको बताए । आगामी दिनमा देशव्यापी रुपमा चार्जिङ स्टेसन विस्तार हुने उनको भनाइ छ ।

‘विद्युतीय गाडी ९ईभी०मार्फत नै हरित र दिगो विकासमा महत्त्वपूर्ण योगदान गर्नसक्ने विश्वास लिएका छौं’ मन्त्री बस्नेतले भने ‘विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्यूनीकरणमा महत्त्व राख्छ । सँगै नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्नेछ ।’

त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताए । विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५र२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने बताए । प्राधिकरणले देशभर थप ५ सय वटा चार्जिङ स्टेसन स्थापना गर्न लागेको उनको भनाइ छ ।

‘आन्तरिक रुपमा विद्युत् खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गरिएको हो’ उनले भने ।

चार्जिङ स्टेसन सञ्चालनमा आएका स्थानहरू 

स्थान

जिल्ला

सङ्ख्या

 

धार्के

धादिङ

२

 

मुग्लिङ

चितवन

१

 

साझा सेवा बल्खु

काठमाडौं

२

 

साझा सेवा पुल्चोक

ललितपुर

१

 

नेपाल विद्युत प्राधिकरण, रत्नपार्क

काठमाडौं

१

 

नेपाल पुलिस क्लब, भृकुटीमण्डप

काठमाडौं

१

 

पारस बसपार्क

चितवन

२

 

खुर्कोट

सिन्धुली

२

 

सिन्धुली बसपार्क

सिन्धुली

१

 

इलाका प्रहरी कार्यालय बर्दिबास

महोत्तरी

२

 

हरिवन

सर्लाही

२

 

इनरुवा बसपार्क

सुनसरी

१

 

प्रहरी पेट्रोल पम्प, लाहान

सिराहा

२

 

कालिका फ्युल सेन्टर, मालेपाटन, पोखरा

कास्की

२

 

पर्यटक बसपार्क पोखरा

कास्की

१

 

दमक बसपार्क

झापा

२

 

बेलका नगरपालिका

उदयपुर

२

 

बिर्तामोड बसपार्क

झापा

२

 

सुर्खेत बसपार्क

सुर्खेत

२

 

हेटौडा, रातमाटे

मकवानपुर

२

 

विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी

भक्तपुर

१

 

प्रहरी पेट्रल पम्प, सामाखुसी

काठमाडौं

२

 

बेगनास ताल, पोखरा

कास्की

१

 

बुटवल बसपार्क

रुपन्देही

२

 

इटहरी

सुनसरी

१

 

विराटनगर

मोरङ

१

 

कोहलपुर नयाा बसपार्क

बााके

२

 

धनगढी

कैलाली

२

 

त्रिशूली हावा घर

नुवाकोट

१

 

बट्टार, त्रिशूली

नुवाकोट

१

 

कुश्मा

पर्वत

१

 

लमही बसपार्क

दाङ

२

 

लम्की

कैलाली

१

 

जम्मा

५१

धेरै पढिएको