News Desk
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई संबोधन गर्न ३० भदौमा अमेरिका जाने तय भएको छ । उनले ४ असोजमा महासभालाई सम्बोधन गर्ने भएका छन् ।न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री गर्नेछन भने ३० भदौमा अमेरिका जाने तय भएको छ ।भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरले लगायत छन् ।
उन अरु कार्यक्रममा पनि सहभागी हुने साथै विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुसँग भेटवार्ता गर्नेछन् । अमेरिकी राष्ट्रपति जो बोइडेनले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम पनि तय भएको छ ।
प्रधानमन्त्री प्रचण्ड ५ असोजमा न्यूयोर्कबाट चीन जाने छन् ।