News Desk
ढाका । नेपाल एओटिएस एल्मुनाई सोसाईटीका प्रतिनिधिहरूले सेप्टेम्बर १ मा बंगलादेशको ढाकामा आयोजित एओटिएस एल्मुनाई सोसाईटी साफासको वार्षिक साधारण सभामा भाग लिएका छन्। प्रतिनिधिमण्डलमा साफास अध्यक्ष समेत रहेका नेपाल एओटीएसका अध्यक्ष प्रशान्तलाल श्रेष्ठ, महासचिव नारायण थापा र डब्लुएनएफ समिति संयोजकसमेत रहेकी कार्यकारी समिति सदस्य सुश्री निश्मा बज्राचार्य सहभागी थिए ।
वार्षिक साधारण सभा २०२३ मा दक्षिण एसियाली क्षेत्र भित्रका १६ एओटिएसका गतिविधि प्रतिवेदन सहित महासचिव प्रतिवेदन र कोषाध्यक्ष प्रतिवेदन प्रस्तुत गरिएको थियो । साफासले २०२४ मा हुने आफनो वार्षिक साधारण सभा नेपालमा गर्ने निर्णय समेत गरेको छ।