जापानमा अवार्डसहित सांस्कृतिक कार्यक्रमको तयारीमा एएमएस ईन्टरटेण्मेण्ट 
News Desk
Sep-11 , 2023 तारिख 05:47 बेलुका

टोकियो । एएमएस ईन्टरटेण्मेण्ट जापानमा अवार्डसहित सांस्कृतिक कार्यक्रमको तयारीमा जुटेको छ । पर्यटन, कला र संस्कृतिको प्रवर्द्धन गर्ने अभियानसहित समृद्ध नेपाल निर्माणमा  योगदान दिने उदेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको एएमएस ईन्टरटेण्मेण्टकी प्रमुख सत्यकला लामाले बताएकी हुन । 

गत शुक्रबार नेपालबाट टोकियो आईपुगेकी लामा जापान स्थित नेपाली समुदायसँग भेटघाट एवं छलफलमा व्यस्त छिन् । यस क्रममा उनले जनजाती महासंघ जापानका अध्यक्ष सुकमान तामाङ्ग, तामाङ्ग समाजका कर्साङ्ग तामाङ्ग, मगर समाजका ओम काउसा मगर, गुरुङ्ग समाजका रमेश कुमार गुरुङ्ग, थकाली समाजका बुद्धि गौचन, शेर्पा संघका सोनम शेर्पा, राई समाजका सुदन राई लगायतका अगुवाहरुसँग छलफल गरेकी छिन् । 

अन्य संघ संस्थाका पदाधिकारी एवं नेपाली समुदायका मानिस र जापानीहरुसँग समेत सहकार्यका लागि अलफल गर्ने कार्यक्रम रहेको लामाले बताएकी छिन् । 

धेरै पढिएको