जापानमा अवार्डसहित सांस्कृतिक कार्यक्रमको तयारीमा एएमएस ईन्टरटेण्मेण्ट 
News Desk
Sep-11 , 2023 तारिख 07:43 बेलुका

टोकियो । एएमएस ईन्टरटेण्मेण्ट जापानमा अवार्डसहित सांस्कृतिक कार्यक्रमको तयारीमा जुटेको छ । पर्यटन, कला र संस्कृतिको प्रवर्द्धन गर्ने अभियानसहित समृद्ध नेपाल निर्माणमा  योगदान दिने उदेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको एएमएस ईन्टरटेण्मेण्टकी प्रमुख सत्यकला लामाले बताएकी छिन् ।

 गत शुक्रबार नेपालबाट टोकियो आईपुगेकी लामालाई जनजाती महासंघ जापान, शेर्पा संघ, तामाङ्ग समाज, मगर समाज, गुरुङ्ग समाज, थकाली समाज र राई समाज जापानले स्वागत गरेको छ । लामा हाल नेपाली संघसंस्थाका अगुवाहरुसँगको भेटघाट एवं छलफलमा व्यस्त छिन् । यस क्रममा उनले जनजाती महासंघ जापानका अध्यक्ष सुकुमान तामाङ्ग, तामाङ्ग समाजका अध्यक्ष कर्साङ्ग तामाङ्ग, मगर समाजका अध्यक्ष ओम काउसा मगर, गुरुङ्ग समाजका अध्यक्ष रमेश कुमार गुरुङ्ग, थकाली समाजका अध्यक्ष बुद्धि गौचन, शेर्पा संघका अध्यक्ष सोनम शेर्पा, राई समाजका अध्यक्ष सुदन राई लगायतका अगुवाहरुसँग छलफल गरेकी छिन् ।

छलफलका क्रममा जनजाती महासंघ जापानका अध्यक्ष सुकुमान तामाङ्ग लगायतले नेपालको पर्यटन, कला र संस्कृतिको प्रवर्द्धन गर्ने अभियानसहित समृद्ध नेपाल निर्माणमा  योगदान दिने उदेश्यका साथ जापानमा कार्यक्रम आयोजना गर्न लागेकामा खुसी व्यक्त गर्दै सहयोग र सहकार्यका लागि प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

अन्य संघ संस्थाका पदाधिकारी एवं नेपाली समुदायका मानिस र जापानीहरुसँग समेत सहकार्यका लागि छलफल गर्ने कार्यक्रम रहेको लामाले बताएकी छिन् । 

धेरै पढिएको