दाेलखामा "मेराे कित्ता प्रणाली" तालिम सम्पन्न
News Desk
Sep-13 , 2023 तारिख 03:14 बेलुका

                                           
                                        नापी कार्यालयहरुबाट दिईने नक्शा लगायत अन्य सेवा प्रवाहहरुलाई सेवाग्राहीहरुले घरमै बसेर राजश्व तिरी अनलाईन माध्यामबाट सेवा प्राप्त गर्न सकिने गरी नापी विभागले तयार गरेको “मेरो कित्ता प्रणाली” को आज नापी कार्यालय दोलखाको प्राविधिक सहयोग तथा दोलखा मिडीया प्रा.लीको आयोजनामा १दिने कार्यशाला गोष्ठी , चरिकोटमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले सरकारी सेवाहरुलाई समय अनुकुल तथा प्रविधि मैत्री बनाउन एवं नेपाल सरकारले प्राथमिकताका साथ अघि बढाईएको डिजिटल नेपालको अवधारणालाई मुर्त रुप दिने उद्धेश्यले संचालित उक्त कार्यक्रमको सफलताको शुभकामना मन्तब्य दिनु भएको थियो । दोलखा जिल्ला भरीका २५ बैंक तथा वित्तिय संस्था लगायत पालिकाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा तालिम सत्रका संयोजक नापी कार्यालयका प्रमुख, नापी अधिकृत अशोक कुमार श्रेष्ठको संयोजकत्वमामा कित्तानापी महाशाखा नापी विभागका नापी अधिकृत अमृत कर्मचार्य, सर्भेक्षक संजित रेग्मीद्धारा सहभागीहरुलाई प्रशिक्षण गराईएको थियो । दोलखा मिडीया प्रा.ली.का अध्यक्ष राजेन्द्र मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा नापी कार्यालयले प्रदान गरिने सम्पूर्ण सेवाहरु तथा कार्यालयमा प्रयोग भएका प्रविधीको परिचय लगायत कार्यालयबाट प्रवाह गरिने सेवाहरुलाई घरमानै बसीबसी मेरो कित्ता प्रणालीको प्रयोग गरी अनलाईन माध्यामबाट कसरी प्राप्त गर्न सकिन्छ भन्ने बारेमा उक्त तालिममा सिकाईएको थियो । जस्ले अव कार्यालयमा पुगेर घण्टौं लाईनमा बस्नु पर्ने तथा धेरै समयलाई खेर फाल्नु पर्ने जस्ता झन्झटलाई यो प्रविधिले मुक्त गरेको छ ।

धेरै पढिएको