News Desk
काठमाडौं । ग्रेस ईभेन्टसले आफ्नो सातौं बार्षिक उत्सव तथा फुर्लिमा फाउन्डेसनको दोश्रौं बार्षिक उत्सव कार्यक्रम गत शनिवार राजधानीको लाजिम्पाट स्थित लास्ट फ्राईडे बार एण्ड ग्रिल्लमा सम्पन्न गरेको छ । आवाजको दुनियाको साथीका नामले चिरपरिचित दिनेश डिसीले संचालकको भूमिका निर्वाह गरेको उक्त कार्यक्रमको प्रमुख अतिथि भौतिक पुर्वधार तथा यातायात मन्त्रि प्रकाश ज्वाला तथा विशिष्ट अतिथि चौतारा सागांचौकगढि नगरपालिकाका उप-प्रमुख सिता थापा रहेकी थिईन् ।
ग्रेस ईभेन्टसको सातौं तथा फुर्लिमा फाउन्डेसनको दोश्रौं बार्षिक उत्सवका अवसरमा "फुर्ली स्मृति सप्तरंगी सम्मान २०८०", फेशन शो तथा सङितिक कार्यक्रम आयोजना गरिएको ग्रेस ईभेन्टसका संचालक श्री सुरज थापाले बताए ।
ग्रेस ईभेन्टसका कार्यकारी अध्यक्ष तथा फुर्लिमा फाउन्डेसनका संथापक अध्यक्ष सुश्री मिङ्मा शेर्पाले ग्रेस ईभेन्टसको सातौं बार्षिक उत्सव तथा फुर्लिमा फाउन्डेसनको दोश्रौं बार्षिक उत्सव मनाउन पाउँदा साहै खुसी लागेको बताईन् । उनले ग्रेस ईभेन्टसको सात बर्षको यात्रामा साथ, सहयोग तथा सल्लाह दिने सबैमा धन्यवाद व्यक्त गरिन्।
वरिष्ठ संगितकार शम्भुजीत बास्कोटा, वरिष्ठ कलाकार बशुन्धरा भुषाल, अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, गायक महेश काफ्ले, फिल्मी पत्रकार बर्षा बस्नेत, फुटबल खेलाडी डोना थापा तथा सामाजिक अभियन्ता मुस्कान खातुन जस्ता बिभिन्न बिधाका सात हस्तिहरुलाई "फुर्ली स्मृति सप्तरंगी सम्मान २०८० " वाट सम्मानित गर्न पाउँदा आफु हर्षित भएको ग्रेस ईभेन्टसका कार्यकारी अध्यक्ष तथा फुर्लिमा फाउन्डेसन संथापक अध्यक्ष मिङ्मा शेर्पाले बताईन्।
कार्यक्रममा गायक सपन श्रेष्ठ, प्रिन्स राज, बिज्जु लिम्बु, कलाकार अर्जुन कार्कि, नृत्यांगना बर्षा अधिकारी तथा शोना तामाङ, गायक तथा संगित निर्देशक सन्तोष सहानि, मेकअप आर्टिस्ट टेकराज पाण्डे लगायत सेलिब्रेटि अतिथिहरु रहेका थिए ।